पिउने पानीको जोहो गर

भनिन्छ नि, नेपाल गाउँ नै गाउँले भरिएको देश हो । यहाँको असली आत्मा गाउँमा नै बास गर्छ । तर, के गर्नु गाउँको वास्तविक मर्म नेताहरुले नबुझि दिँदा सिधासाधा नागरिकले अनाहकमा दुःख भोगि रहेका छन् । खडेरीसँगै वर्षात लागेयता अधिकांस ग्रामिण वस्तीमा पिउने पानीको समस्या बढ्दै गईरहेको छ । सुर्खेतमा पिउने पानीका लागि स्रोत भएपनि व्यवस्थापन गर्न नसक्दा नागरिकले दुःख पाईरहेका छन् । राज्यको नीति नियम बनाउनेदेखि कार्यान्वयन पक्षमा जुटेकाको विशेष ध्यान नपुग्दा अहिले पश्चिम र पूर्वी सुर्खेतका नागरिकले दुःख भोग्नु परिरहेको छ । घरै अगाडि नदी, नाला, खोला, झरना, मुहानको पानी बगिरहेको भएपनि त्यहाँदेखि घर–घरसम्म पु¥याउने सामाथ्र्य नहुँदा वर्षातको समयमा समेत यहाँका नागरिकलाई पिउने पानीकै पिरलो हुन्छ । खासमा पानी प्रयोगको उपयोगिता, पानीको दिगो व्यवस्थापनसँगै त्यसका लागि लगानी नगरिँदा समस्या हुने गरेको हो । अहिलेपनि पश्चिम सुर्खेतका अधिकांस गाउँहरुमा दिनहँजसो एकाबिहानै पिठ्युँमा डोको र गाग्री बोकेर पिउने पानी लिनका लागि भेरी नदीको किनारमा पुग्नु पर्ने बाध्यता छ । त्यहाँका अधिकांस नागरिकको जीवन खानेपानीको जोहो गर्न मै वित्छ । वस्तीदेखि भेरी नदी झण्डै एक किलोमिटर दुरीमा पर्छ । त्यहाँसम्म सिधै लिफ्ट गरेर पानी ल्याउने बारे नत जनप्रतिनिधिको ध्यान पुग्छ, नत गाउँका टाँठाबाँटा भन्नेहरुको दिमागको ताला नै खुल्छ ।

आम नागरिकका समस्याहरु पिउने पानी, सडक, विद्युत र सञ्चार पु¥याउने नाममा चुनाव ताका गरेका प्रतिवद्धता समेत जनप्रतिनिधिले भुलिदिँदा गाउँलेले सितैमा दुःख उठाईरहनु परेको हो । अब त्यस्ता जनप्रतिनिधि र गाउँका टाँठाबाँटाहरुको पहिचान गरि प्रत्यक्ष दैनिकीसँग जोडिएका विषयवस्तु मात्र होइन, समस्याको समाधान गर्ने अगुवालाई निर्वाचनमा आफ्नो मत दिनु पर्छ । असल जनप्रतिनिधिको पहिचान अब ग्रामिण नागरिकले समेत गर्नु पर्छ । हरेक नागरिक अब सचेत हुन सकिएन भने नेताहरुले हामी माथि राज गरिरहने छन् । गाउँका मान्छे अभागी हाईनन्, त्यो त खानेपानीका लागि निकै दुःख दिएर नेताहरुले राजनीति रोटी सेकिरहेका छन् । वर्षातमा भेरीमा धमिलो पानी आउँछ । धमिलो भएकै कारण पानी नबोक्ने हो भने तिर्खा मेट्ने अर्को विकल्प छैन् । अब विकासरुपी नेताको विकल्प खोजिनु पर्छ । गाउँका पुरुषहरु अधिकांस रोजगारीका लागि कालापहाड (भारत) जाने गाउँमा महिलाले दुःख भोग्न समेत भोग्नु पर्ने दिनको अन्त्यका लागि अब सचेत नागरिकको ध्यान गाउँतिर पुग्न जरुरी छ । गाउँ घरहरुमा महिला र बुढाबुढी मात्रै हुन्छन् । घरको सबै जिम्मा महिलाकै काँधमा हुन्छ । पश्चिम सुर्खेतका नागरिक दशकौंदेखि भेरीकै पानी खानुपर्ने बाध्यतामा छन् ।

टाठाँबाँटाहरुले, नेताहरुले र जनप्रतिनिधिहरुले समेत गाउँको विकासले नै देशको विकास हुन्छ भन्ने बुझ्न जरुरी छ । गाउँका जनतालाई वेवकुफ बनाएर राजनीति गर्नेहरुले अब अरुको भलाईमा नै आफ्नो भलाई लुकेको हुन्छ, अलग्गै हिस्सा खोज्नु पर्दैन् भन्ने कुरा बुझ्न जरुरी छ । जनताले नेताहरु माथि धेरै ठूला अपेक्षाहरु गरेका हुँदैनन् । पिउने पानी, सडक, विद्युत, सञ्चार, स्वास्थ्य र शिक्षा भन्दा अरु बढी अपेक्षा नेताहरुबाट हुनै सक्दैनन् । त्यसैले विकासका मुल पूर्वाधारको विकासमा जोड दिएर नागरिकका तत्कालिन र दिर्घकालिन समस्याको पहिचान गरि योजनाबद्ध विकासका लागि नेता तथा जनप्रतिनिधिहरु अब जुट्न जरुरी छ । गाउँको मुहार नफेरी शहरको विकासले मात्र आम नेपालीको दैनिकी फेरिनेवाला छैन् । अहिले पश्चिम सुर्खेतको लगाम, बेतान, विजौरा, गुटु, घाटगाउँ, तातापानी, बाबियाचौर, बड्डीचारका नागरिक पिउने पानीका लागि हैरानी र सास्ती खेप्दै आईरहेका छन् । गाउँदेखि शहरसम्मका टाँठाबाँठाहरु, नेताहरु र जनप्रतिनिधिहरुको विशेष ध्यान पिउने पानीकै लागि दुःख भोगी रहेका पश्चिम सुर्खेतका नागरिकको घाउमा मलहम लगाउने तर्फ तत्काल सोच्न जरुरी छ । त्यतिले मात्र पुगेन् भने प्रदेश र संघ सरकारले समेत स्वच्छ पिउने पानीको अभाव व्यहोरि रहेका पश्चिम सुर्खेतका गाउँका नागरिको तत्कालिन समस्याको समाधान गर्न आवश्यक देखिन्छ ।

Translate »