वैवाहिक जीवनमा बाँधिए नीता र हरिहर

असार २४, काठमाडौं । अभिनेत्री नीता ढुंगाना र प्रेमी तथा ज्योतिषी हरिहर अधिकारी शुक्रबार वैवाहिक बन्धनमा बाँधिएका छन् । शुक्रबार काठमाडौंको याक एण्ड यति होटलमा उनीहरुको विवाह भएको हो ।

वैवाहिक कार्यक्रममा निकट फिल्मकर्मी, सञ्चारकर्मी र आफन्त उपस्थित थिए । विवाहमा अभिनेता सरोज खनाल पनि उपस्थित भए । अरुलाई भने प्रवेश दिइएको थिएन । चार वर्षदेखि प्रेम सम्बन्धमा रहेको यो जोडीले सम्बन्धलाई दाम्पत्य जीवनमा परिणत गरेको हो । (अनलाइन खबर)

 

Translate »