फेरी पेट्रोलियम पदार्थको मूल्य बढ्यो

असार २०, काठमाडौं । नेपाल आयल निगम NOC ले पेट्रोल, डिजेल, मट्टीतेल र हवाइ इन्धनको मूल्य फेरि बढाएको छ ।

निगमले सोमवार राती १२ बजेबाट लागू हुने गरी पेट्रोल लिटरमा २ रूपैयाँ र डिजेल तथा मट्टीतेल लिटरमा ९ रूपैयाँ र हवाइ इन्धन (आन्तरिक) मा ५ रूपैयाँ बढाएको हो ।

निगमले जारी गरेको विज्ञप्तिमा नयाँ मूल्यसँगै प्रतिलिटर पेट्रोल १८१ रूपैयाँ, प्रतिलिटर डिजेल र मट्टीतेल १७२ रूपैयाँ पर्नेछ भने हवाइ इन्धन (आन्तरिक) को मूल्य १९० रूपैयाँ लिटर पर्नेछ भने एलपी ग्यासको भने मूल्य यथावत अर्थात् १ हजार ८०० नै रहेको उल्लेख छ ।

साथै उसले इन्डियन आयल कर्पोरेसन IOC ले पठाएको नयाँ मूल्यका आधारमा मूल्य बढाउनु परेको बताएको छ । एक साताअघि सरकारले पेट्रोलमा प्रतिलिटर २० र डिजेल तथा मट्टितेलमा २७ रुपैयाँ कर घटाएको थियो ।

Translate »