भारतका अर्बपति व्यापारी पालोनजी मिस्त्रीको निधन

असार १४, नयाँदिल्ली । भारतीय अर्बपति व्यापारी पालोनजी मिस्त्रीको निधन भएको छ ।

निर्माण क्षेत्रका दिग्गज व्यापारी पालोनजीको ९३  वर्षको उमेरमा सोमवार राति आफ्नै घरमा निधन भएको हो । उनी भारतको सबैभन्दा ठूलो निर्माण कम्पनी शापोरजी पालोनजी ग्रुपका अध्यक्ष हुन् । भारतको १५० वर्ष पुरानो कम्पनी शापोरजी पालोनजीको सफलताको श्रेय पालोनजीलाई जान्छ ।

उनलाई भारतको गुमनाम अर्बपति भनेर चिनिन्थ्यो । उनी सार्वजनिक रुपमा खासै देखिन चाँहदैंनथे । मिस्त्री परिवारको सम्पत्तिको ठूलो हिस्सा टाटा सन्सको स्वामित्वमा छ । टाटा सन्समा १८ दशमलव ४ प्रतिशत हिस्सा रहेका पालोनजी टाटाका सबैभन्दा ठूला व्यक्तिगत शेयरधनी हुन् ।

मिस्त्री सन् २००४ सम्म टाटा सन्सको सञ्चालक समितिको सदस्य थिए । गएको पाँच वर्षमा टाटाको शेयरमूल्य बढेसँगै मिस्त्रीको सम्पत्तिमा पनि उच्च वृद्धि भएको छ । लामो समयसम्म रतन टाटासँग सौहार्दपूर्ण सम्बन्धमा रहेको पालोनजीको पछिल्लो समय टाटासँगको सम्बन्ध चिसिएको थियो ।

अमेरिकी व्यवसायिक पत्रिका फोब्र्सको आँकडाअनुसार१३ अर्ब डलर नेटवर्थसहित पालोनजी विश्वको १४३ औं धनी व्यक्ति थिए । उनका दुई छोरा र एक छोरी छन् । मिस्त्री लामो समयदेखि बिरामी थिए । आयरल्यान्डको नागरिकता समेत रहेको पालोनजी त्यहाँका सबैभन्दा धनी व्यक्ति पनि हुन् । एजेन्सी 

Translate »