आमा भन्ने शव्द यो संसारमा सबै भन्दा माथि

भोको पेट र खाली खुट्टाले डोको आसि बरियो र मलाई हुर्काउनको लागि ति धुलो धुवा गोबर र फोहोरमा लतपतियको हातले नुन र खुर्सानीको धुलो संग आदा पाको आदा—काचो रोटिमा हाली खादै हिड्दा माथी भने झै डोको नाम्लो बरियो आसिलाई कोखीलामा च्यापि मन भरि पीडा र आखा भरि आसु चुवायर हिड्दै गर्दा मन भरिका बेदनालाई मनमै लुकाएर दुःखलाई बिसाउने ठाउँ पाउनु भाको छैन हो । आमा जिन्दगी सुःखको यात्रा तिर जान्छ तर कठिन हुदो रहेछ । आमा हजुरको आर्शिवाद र मायालाई जब सम्झिन्छु तब यो हृदय देखि सम्भाब्य मनभरिका बेदनालाई समाहाल्न र सम्जाउन त खोज्छु नै तर सकिदो रहेन्छ । आफन्त बाट पाएको माया र पराईबाट पाएको तिरस्कारले यो हृदय रुपि बिदारक मनलाई समाहाल्दा समाल्दै मनलाई सम्जाई बुजाई राख्न खोज्छु ।

तर अपसोज आखामा बर्सेनी पानी झै आखामा आसु बर बर झरिरहेको छ । आमा जब मलाई कुनै दुःखको अनुभब हुन्छ तब हजुरको यादले सल्मलाउने गर्छु आमा हजुरको माया मुटुको प्रत्येक धमेनि र प्रत्येक रक्त कोषले हजुरलाई नै खोज्ने गर्छ जुन हजुरको माया प्रेम स्नेहा सन्देश र प्रेमको सुगन्धी बास्नाले मननै परफुल गराउने गर्दछ सायद हजुरको यो निस्वार्थ आमाको मायाले हरेक आफ्नो छोरा छोरीलाई दिने प्रेम हिरा भन्दा पनि मँहगो रहेछ मेरो भाषामा आमाको अर्थ लगाउद ‘आ’ को अर्थ आफ्नो र ‘मा’ को अर्थ मालिक भने गरेको छु । आमा भन्ने शब्द विश्वमा सबै भन्दा बढि प्रचलित शब्द हो । जस्तो घाम र पानीको सम्बन्ध होस् या नङ र मासुको सम्बन्ध मानव जातिलाई घामको पानीको आवश्यक र जसरी मानव जातिलाई शितलताको आवश्यक छ भने यो ब्रमाण्डमा बसोबास गर्ने हरेक प्राणिलाई नै आवश्यक देखिन्छ । मैले भन्ने गरेको छु विहानीको उज्याली होस् या साझको अँधेरी जब आमाको तस्वीरले मन मष्तिष्क र हृदयलाई परफुल बनाई दिने रहेछ ।

निराशाको अन्धकारमय बादललाई हटाउन र भबिष्यको उज्यालो किरणलाई देखाउन शायद आमाहरुको उपलब्धीहरुलाई पनि हामीले हेर्नु पर्छ । मैले भन्ने गरेको छु फुल जतिसुकै राम्रो भए तापनि आखिर फुल्ने त्यो फुल फोहोरी हिलो मा नै हो । त्यसैले मान्छेहरुलाई भन्ने गरेको छु जति सूकै विध्मान भए पनि आमाको माया र प्रेम कहिले नभुलि सर्व श्रेष्ठ मान्नु पर्ने हुन्छ । उदाउदै गरेको सुर्य र अस्थाउदै गरेको सुर्य लाई सोध विहानी महत्व र साझको महत्व जब विहानीको झिसमिसेमा सुति रहेको हुन्थे आखाहरु चिम्म भए पनि कान भने खुलि सकेका हुन्थे जब कानको स्पर्शले विहानीको मिरमिरेमा भालेको पहिलो डाकोमा आमा उठिसक्नु हुन्थ्यो आमाको बोलि कोइलीको स्वर जस्तो त्यो बोली एकलै एकबद्ध तरिकाले कानमा सुनिन्थ्यो संगसंगं चराचुरुङगीको आवजले मनलाई परफुल बनाई दिन्थ्यो जब रात भरी आमाको न्यानो काखमा सुतेका ति चल्लाचुल्ली विहानीको झिसमिसे उज्यालोमा च्या–च्या गर्न थाल्थे । साति भोकले होला आमाको माया न हो मैले एक निद बिचार गरे घरको बारदलिनमा भँगेराले गुण बनाएको रहेछ । त्यो भँगेरा रात भरी मन्द गतिमा आफ्नो छोरा छोरीलाई कोखिलामा च्यापी सुति रहेको थियो ।

निराशाको अन्धकारमय बादललाई हटाउन र भबिष्यको उज्यालो किरणलाई देखाउन शायद आमाहरुको उपलब्धीहरुलाई पनि हामीले हेर्नु पर्छ । मैले भन्ने गरेको छु फुल जतिसुकै राम्रो भए तापनि आखिर फुल्ने त्यो फुल फोहोरी हिलो मा नै हो । त्यसैले मान्छेहरुलाई भन्ने गरेको छु जति सूकै विध्मान भए पनि आमाको माया र प्रेम कहिले नभुलि सर्व श्रेष्ठ मान्नु पर्ने हुन्छ ।

विहानीको पाँच बजी सक्केको थियो । सायत सम्जोड भएर होला त्यो चरा आफ्नो गुणबाट ती भोकाइ रहेका बच्चा बच्चीलाई आहार को लागि –खाना) भुरर उडेर गएर कुनै एउटा किरालाई आफ्नो मुखको चुच्चोमा च्यापेर ल्यो र सुरुमा एउटा बच्चालाई खुवायो त्यस पछि फेरि गएर अर्कौ किरा ल्यो र अर्को चल्लालाई खुवायो र त्यस्तै गरी सबै चल्ला लाई खुवाई सक्के पछि अन्तिममा आफुले खायो त्यसपछि मैले सोचे सायद आमाको माया भन्दा यो दुनियामा कसैको माया ठुलो छैन । जस्तो लाग्छ । गुरु भन्छन नवजात शिशु आफ्नो जिवनका लागि अरु माथि कति निर्भर रहन्छ र बुढेशकालमा मानिस स—साना कुराका निम्ती अरु माथि कति धेरै निर्भर हुन पुग्छ हो जिवनको सुरुवात र अन्त्यमा हामी अरुको दयामाया मा यति धेरै निर्भर हुन्छौ तर बिहेका केही बर्षमा हामी किन त्यसरी मातियर स्वयम्भु हुन्छौ हो त्यसैले मानिसहरु बाल्यकाल र वृद्ध अबस्थालाई भुलेर युवा अबस्थामा बेहोसी पन देखायर मातिने गर्दछ । किनकी जीन्दगीको सबैभन्दा ठुलो पिडा भनेको बेहोसी पन हुदो रहेछ । कहिले काहि बेहोसी पनले आहात तुलाउने रहेछ । मरुभुमि झै भएको जिन्दगी कहिले काही आमाको मायाले परफुल बनाई दिने रहेछ ।

नेपालीमा एउटा भनाई छ पिर नभएको मान्छे र शिर नभएको खोला कहि कतै देखेको छैन । जति पिर भए पनि आमाको न्यानो मायाले मेटाई दिने रहेछ त्यसैले भन्ने गरेको आमा भन्ने शब्द नै सर्व श्रेष्ठ छ । आमाले भन्नु हुन्थ्यो सानो हुँदा सानो भन्नाले म सबै कुरा बुझने भईसकेको थिए । त्यति बेलाको कुरा ठयाक्कै आज याद आएकोे छ । बाबु तिमी ले जुन चिज आज तिम्रो छ त्यहि चिज हिजो कसैको थियो र त्यहि चिज भोलि कसैको हुनेछ किन कि सांसरिक नियम परिवर्तन शिल छ फेरि के को लागि चिन्ता गर्छौ । त्यसैले जति चिन्तित भएपनि आमाको भनाईलाई मष्तिष्कको क्यान्भासमा राखेर त्यस चिन्तालाई मेटाउने गर्छु । आमाले हास्दै भन्नु हुन्थ्यो । छोरा हुनत म तिमी जतिको ज्ञानि र पढे लेखेको छैन म एउटा औठा छाप भए पनि नौ जवानी युवती पनि होइन । तिमीले जान्न सक्ने जति जान्न पनि सक्दिन । बास्तवमा कुरा यहि नैहो आमाले भनु हुन्थ्यो म यति धेरै युवती पनि छैन । जसले गर्दा यति धेरै जान्न सकु केबल एक युवा मान्छुे नै यति कम अनुभवि र मुर्ख हुन सक्छ । आमाले ठिकै भन्नु भएको जब म एक युवती थिए मलाई एक दमै धेरै थाहा थियो । र जब जब मलाई अनुभवले धोका दियो मलाई पुरै अज्ञानि छु भन्ने कुराको अनुभव भयो तब जिवन रहस्य हो भन्ने थाहा भयो । जस्को अर्थ होयसलाई समधान गर्न सकिन्दैन र जब यसलाई समधान गर्ने सबै प्रयासहरु ब्यर्थ सिद हुन्छन तब मात्र रहस्य विहानि जस्तै भएर आलोकित हुन थाल्छ । तब सारा दुहार आफै खुल्छन । तिमीलाई आमन्त्रित गरिन्छ । ज्ञानि भएर कोहि पनि परमात्माको घरमा प्रविष्ट हुन सक्दैन । र जब तिमी अज्ञानि र बच्चाको जस्तै निर्दोश हुन्छौ । रहस्यले स्वयम तिमिलाई आलिंगन गर्छ । ज्ञानि हुर्दा तिमि निर्दोश नभएर चलाख हुन्छौ । निर्दोषता नै त्यसको दुार हो । मलाई अहिले त्यो आमाको कुरा सहि लागिरहेको छ । त्यसैले कहिले काहि एकान्तमा बसेर सोच्दा स्वयम आफुलाई आफैले बुझन्न सक्दैन । यो हुन त धेरै गहिरो वास्तवमा जति गहिरो हुन सम्भव छ ।

यो आफ्नो कथन त्यति नै गहिरो छ । आमाले भनेको कुराले मलाई कहिले काहि आहात तुलाई रहेको छ । मैले आमालाई सोधे आमा म एउटा यस्तो सत्यको खोजिमा छु । मनको कुन दिशामा मैले सत्यको खोज गनुपर्छ । आमाले मलाई भन्नु भयो छोरा मन एउटा भ्रम हो । जुन छदै छैन तर हामीलाई छ भन्ने लाग्छ । र मनले आफु भएको यति धेरै अनुभव गराउछ । कि मलाई आमाले भन्नु भयो कि तिमी स्वयम नै मन हु भन्ने सोचन थाल्छौ । त्यसैले मन एउटा माया हो । मन ठिक एउटा सपना जस्तै हो ठिक एउटा प्रक्षेपण जस्तै हो । यो एउटा साबुनकोे फिज जस्तै हो । जसको भित्र्र कोहि पनि छैन । तर त्यो नदिमाथि तैरिरहेको साबुनको फिज जस्तै देखिन्छ । सुर्य उदय हुन लागीरहेको छ । त्यसको पहिले किरण उक्त फिजमा पर्छ जस्ले जसले एउटा इन्द्र धबुष निर्मित गर्छ तर त्यस भित्र केही पनि हुदैन । जब तिमि फिजलाई छुन्छौ त्यो टुटछ र अदृश्य हुन्छ त्यो इन्द्रधुनुष त्यो सौन्दय केहि पनि बच्दैन । मन मात्र एक खालीयन र अनन्त शुन्यतामा मिलेर एक हुन्छ । त्यसैले आमाले भन्नु भयो छोरा मनलाई कतै पनि नडुलाउ मन भनेको जस्तो बनाउछौ त्यस्तै हुन्छ । त्यसैले त्यसलाइ आफु लगायत सारा संसार भरलाई सोधी हेर त्यो भनेको त्यहि नहि हो । आमाले भन्नु हुन्थ्यो जब तिमि राम्रो र ज्ञानि हुनेर्छाै । तिमीलाई बाहिरी नजरले राम्रो भन्ने पनि भित्री मनमा रिस गर्ने छन । जब तिमी बदमास र फटाई हुने छौ त्यसबेला तिमिलाइृ सारा दुनियाले अपहेलित गर्ने छन । हो वास्तबमा सत्य कुरा यहि नै रहेछ । जिन्दगीको भोगाइले अहिले सम्मको अनुभव ले धेरै कुरा सिकाएको छ । आमा आफन्तको सहयोगले पनि केहित गरेको छु । आमा तर पनि अपहेलित र अपमान सहयर गरेको खासै मन मष्तिष्क र बिचारलाई सहि तरिकाले नबुज्दो रहेछ । आमा हुनत एउटा भनाई छ सबै बरालीनेहरु उद्देश्य विहिन हुन्दैन विषेश गरि ती जो चलनचतिको भन्दा ब्यक्लै सत्यको खोजिमा हुदो रहेछन । सायद आमाको भनाईले मलाई महशुस गराई दिएको छ ।

मैले आफनो मनलाई बुज्दा मन एउटा भिड रहेछ किन कि एउटा कुनै जात्रा होस या रमाइले मेला होस । त्यसमा सबै जाति धर्म रहेका मान्छे हुन्छ । जब त्यो जात्राबाट सबै मान्छे आ—आफ्नो ठाउँमा जान्छ । त्यस पछि न त्यहाँ भिड रहछ न त्यहा रमाइलो हो त्यसैले मन पनि एउटा भिड रहेछ । जब तिमी एकाग्रता बनाएर हिड्छौै न त्यहाँ जात्रा देखछौ न त्यहाँ भिड किन कि तिम्रो बिचार यति धेरै तेज गतिमा चल्छ । र तिमी दुई बिचार हरुको मध्यमा अन्तराल नै देख्न सक्दैनै तर अन्तराल सधै भरि हुन्छ । त्यो अन्तराल तिमी हौ न च्वांगसु हुन्छन नत पुतली नै किनकी पुतली पनि एक खालको मन हो । र च्वांगसु पनि खालको मन हो । पुतली बिचार हरुको एउटा भिन्न जोड हो । च्वांगसु फेरि अरु बिचार हरुको जोड हो । तर दुबै मन नै हो त्यसैले मान्छे को मन पनि एउटा पंक्षी पुतली जस्तै रहिछ जसरी पुतली उडेर ठाउँ–ठाउँ जान्छ त्यसरी मन पनि ठाउँ–ठाउँ जादो रहेछ हो त्यसैले त्यो ठाउमा उडने मनलाई आमाले भन्नु हुन्थ्यो छोरा त्यो उडेको मनलाई समालि उडन नदेउ र एकाग्रा भएर ध्यान पुर्वक आफ्नो उडिरहेको मनलाई समालि राख यदि तिमिले त्यसो गरेउ भने ति त्यस बेलामा बुदत्वको स्थितिमा हुन्छौ या बुद्धत्वको चित दशामा हुन्छु । भनेर सोच्छौ भने यो फेरि एउटा बिचार हो जब बिचार त्यहा छ भने तिमि त्यो हाइनौ यदि तिमि म बुद्ध हु भने गर्छौ भने त्यो पनि एउटा बिचार हो । त्यहा म भन्ने शब्द प्रबिष्ट भएको छ त्यसैले फेरि मैले त्यहा एउटा प्रक्रिया छ भनने खोजिमा लाग्ने थाले र प्रक्रिया पनि रहेछ किन कि आकाश फेरि बादल ले घेरिएको छ त्यसको निलोपन हरायोको छ । किन कि अब तिमी त्यहा निलिमाको विस्तार देख्न सक्दैनौ । त्यसैले हो मान्छेको बिचारमा पनि यसरी प्रक्रिया हुदो रहेछ ।

आमा मलाई हजुरले जन्म मात्र दियर जनम मात्र नभएर कर्म पनि दिनु भएर त आज सबैले निर्धाण गरिरहेका छन । जिन्दगीको भोगाई ले अवीस्मरणीय बनाई दियको छ ।

सहरमा म बैवकुफ बनेर चारै तिर हिडि रहे तर आखिरमा के गरिरहे त्यो मैले आफै निधारण गर्ने सकिन तर यो सहरको मान्छेले निर्धाण गरिहरेको छ । आमा मलाई हजुरले जन्म मात्र दियर जनम मात्र नभएर कर्म पनि दिनु भएर त आज सबैले निर्धाण गरिरहेका छन । जिन्दगीको भोगाई ले अवीस्मरणीय बनाई दियको छ । समयको बेग संगै दौडिरहेको जिन्दगी ले समय संग खेल्न पनि सिकाएको छ । रित्तो गोजी र खाली भयको भोको पेट ले संघर्षको मैदानमा लड्न सिकाएको छ आमा खाली खुट्टा र तुनेको पाईन्टले संघर्षको यात्रामा दौडाईरहेको छ खासमा जिन्दगी लामो यात्रामा हिडेको यात्री कहिले नथाक्ने रहेछ । आमा आज फेरि हजुर को मायाको घचघचाई रहेको छ । आमा यो झिल्ली मिल्ली सहरमा चारै तिर गाडीको कोलाहल र रमझम ले भुलाय पनि आफ्ना ले आफ्नै लाई नचिन्दा मनका बेदना लाई पोखन कोही पनि खोजी नपाईने रहेछन । आमा त्यसैले कहिले काही सोच्ने गर्छु आमा यो दुनिएमा कोहि पनि मानिस सर्बैका निन्ती एक नाश नहुने रहेछ आमा त्यसैले त भनेको रैछन ।

यो संसारमा सात अर्ब मानिस छन् भने संसार पनि सात अर्वरहेछ यो सात अर्बौ मानिसका लागी सात अर्ब संसार बनाई दिएको रहेछ प्रकृतिले त्यसैले प्रकृतिले मान्छेलाई सहि तरिकाले बाच्न जान्यो भने हरेक मानिस आफ्नो जीवनको राजा रानी आफै हुन सक्ने रहेछ आमाले देखाएको यो संसारमा म आफै राजा हो भन्ने गरेको छु । आमाले भन्नु हुन्थ्यो छोरा धिक्कारका तोरीवारीमा छरिएका प्रश्चातापका दिउल भदौरे पानीले भिजाएझै यितै आँखाका पोखरी खोलेर भिजाउनु पथ्र्याे किन कि जब तिम्रो तोते वोली लाई बुझेर तिमिलाई स्याहार सुसार गर्ने हात्ले तिम्रो आँखाको आसु पुच्छने कोसिस गथ्र्ये । छोरा तिमी एक दिन न एक दिन महान बनेर म जस्ता हजारौ आमाको आखाको आसु पुच्छने छौ आमाले चन् हुन्थ्यो छोरा मैले तिमीलाई धनि बनाउन लाई पढाउने छैन । तिमिलाई खुसि र आन्दीत बनाउनलाई पढाउने छु । ताकी तिमी जब जवान हुनेछौ तब तिमीलाई बस्तुको मुल्य होइन त्यसको महत्व थाहा हुने छ ।

Translate »