मन्त्रीमण्डल पुनर्गठन, एकीकृत समाजवादीका मन्त्रीहरु फेरिए (सूचीसहित)

असार १२, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आइतवार साँझ मन्त्रिपरिषद पुनर्गठन गर्नुभएको छ ।

प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार नेकपा (एकीकृत समाजवादी) बाट सरकारमा सहभागी मन्त्रीहरु हेरफेर भएका हुन् । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री देउवाको सिफारिसमा नेकपा एकीकृत समाजवादीका नयाँ मन्त्रीहरु समेटेर मन्त्रिपरिषद पुनर्गठन गर्नुभएको हो ।

उक्त पार्टी सम्बद्ध नेताहरु जीवनराम श्रेष्ठ संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री, मेटमणि चौधरी शहरी विकास मन्त्री, शेरबहादुर कुँवर श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री, भवानी खापुङ स्वास्थ्य तथा जनसंख्या मन्त्री र हीरा केसी स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री बनेका छन् ।

राष्ट्रपति कार्यालयले पनि आइतवार साँझ विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद पुनर्गठन गरेको उल्लेख गरेको छ । उक्त पार्टीले गत जेठ २२ गते आफ्ना मन्त्रीहरु फिर्ता बोलाएर सरकारमा नयाँ मन्त्रीहरुलाई पठाउने निर्णय गरेको थियो ।  रासस

Translate »