वातावरणको केन्द्र प्रमुख गोष्ठी सम्पन्न

स्कााई न्यूज / असार ७, सुर्खेत । वातावरण सुधार बहुउद्देश्यीय सहकारी संस्थाको केन्द्र प्रमुख गोष्ठी सम्पन्न भएको छ । वातावरण सुधार बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड वीरेन्द्रनगर ८, सुर्खेतको आयोजनामा संस्थाको मेहेलकुना सेवाकेन्द्र अन्तर्गत लघुवित्त कार्यक्रममा आवद्ध केन्द्र प्रमुखहरुको केन्द्र प्रमुख गोष्ठी मंगलबार गुर्भाकोटको मेहेलकुनामा सम्पन्न भएको हो । संस्थाको परिवर्तित नीति नियमको जानकारी गराउन तथा केन्द्रका सदस्यहरुको सुझाव संकलन गर्ने उद्देश्यले प्रत्येक वर्ष संचालन हुने केन्द्र प्रमुख गोष्ठी यस वर्ष पनि गत बैशाखबाट शुरु भई अन्तिम गोष्ठीको रुपमा मंगलबार मेहेलकुनामा सम्पन्न भएको हो । यसअघि अघि सुर्खेत, दैलेख, जाजरको र सल्यान जिल्लाका विभिन्न ३७ वटा स्थानामा केन्द्र प्रमुख गोष्ठीहरु सम्पन्न भईसकेको संस्थाका कार्यकारी प्रवन्धक सुरजप्रसाद आचार्यले जानकारी दिए ।

कार्यक्रमका प्रमुख अतिथि तथा गुर्भाकोट नगरपालिकाका प्रमुख हस्त पुनले वातावरणले लघुवित्त कार्यक्रमको माध्यमबाट विपन्न वर्गका महिलाहरुको आर्थिक, सामाजिक तथा सांस्कृतिक अवस्थालाई सुधार गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए । आगामी दिनमा यस्ता सदस्यहरुको उद्यमशीलता विकास, नेतृत्व विकास तथा सीपमूलक व्यवसायका लागि नगरपालिका वातावरणसँग सहकार्य गर्न इच्छुक रहेको बताए ।

संस्था संचालक समितिका सदस्य डिले वलीको अध्यक्षतमा सम्पन्न भएको उक्त कार्यक्रममा गुर्भाकोट गाउँपालिकाका एक सय ६० जना केन्द्र प्रमुख तथा उपप्रमुखहरुको सहभागिता रहेको थियो । संस्थाका वरिष्ठ प्रवन्धक किरण बस्नेत तथा प्रवन्धक श्यामलाल न्यौपानेले सहजीकरण गरेका थिए ।
कार्यक्रममा स्थानीय निर्वाचन २०७९ मा जनप्रतिनिधिमा निर्वाचित भएका संस्थाका विभिन्न सदस्यहरुलाई सम्मान गर्नुको साथै मेहेलकुना सेवाकेन्द्रमा आवद्ध उत्कृष्ट ५ वटा केन्द्रलाई उत्कृष्ट केन्द्र पुरस्कारबाट पुरस्कृत समेत गरिएको कार्यकारी प्रवन्धक आचार्यले जानकारी दिए ।

 

Translate »