हप्तामा २ दिन बिदा खारेज

आजदेखि कार्यालय समय पुरानै कायम

काठमाडौँ  ।  हप्तामा दुई दिन बिदा दिने निर्णय आजदेखि खारेज भएको छ। जेठ १ गतेदेखि लागू भएको सो निर्णय खारेज भएसंगै बिदा र कार्यालय समय पुरानै कायम गरिएको गृह मन्त्रालयले जनाएको छ।

हप्तामा दुई दिन बिदा दिने निर्णय कार्यान्वयन गर्न जटिल र अव्यावहारिक भएको भन्दै सरकारले हप्तामा दुई दिन बिदा र बिहान ९ बजेदेखि बेलुका साढे ५ बजेसम्म कार्यालय खोल्ने निर्णय खारेज गरेको हो ।

यो निर्णय खारेज भएसँगै आजदेखि कात्तिक १५ गतेसम्म बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म र कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म कार्यालय खुल्ने छ।यस्तै शुक्रबार बिहान १० देखि दिउँसो ३ बजेसम्म सरकारी कार्यालय खुल्ने गृह मन्त्रालयले जनाएको छ।

Translate »