नेपाली मुद्रा इतिहासकै कमजोर

जेठ ३१, काठमाडौं । डलरको तुलनामा नेपाली मुद्रा इतिहासकै कमजोर बिन्दुमा पुगेको छ । अमेरिकी डलरको भाउ हालसम्मकै उच्च भएपछि नेपाली मुद्रा डलरको तुलनामा इतिहासकै कमजोर अवस्थामा पुगेको हो ।

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि एक अमेरिकी डलरको बिक्री दर १ सय २५.१६ रुपैयाँ तोकेको छ । जुन हालसम्मकै उच्च हो । कच्चा तेलको मूल्य बढेसँगै अन्तर्राष्ट्रिय बजारमा डलरको माग बढ्ने भएकोले डलरको मूल्य बढ्न गएको राष्ट्र बैंकको भनाई छ ।

रुस र युक्रेन विचको युद्धको असरका कारण भारतीय मुद्रा कमजोर भइरहेको छ । भारतीय मुद्रा कमजोर हुँदा नेपाली रुपैयाँ पनि कमजोर हुनेगर्छ । डलरको मूल्य बढिरहेकाले रेमिट्यान्स बढ्न सघाइरहेको छ । वैदेशिक रोजगारीमा गएका नेपालीलाई पनि यसले फाइदा पुग्ने देखिन्छ तर नेपालको अर्थतन्त्र आयातमा आधारित भएकाले आयात तर्फ महँगी बढ्ने अनुमान गरिएको छ । (नागरिक न्यूज)

Translate »