पत्रकार बयककी सासु आमाको निधन

स्काई न्यूज/ जेठ २७, सुर्खेत । वरिष्ठ पत्रकार आकाश तारा बयककी सासु आमाको निधन भएको छ । रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका–७, कुरल निवासी ८९ वर्षीया बयककी सासु आमा पञ्चकला ओलीको शुक्रबार प्रदेश अस्पताल कालागाउँ सुर्खेतमा उपचारका क्रममा निधन भएको हो ।

स्वस प्रश्वास रोगले पीडित स्वर्गीय ओलीलाई प्रदेश अस्पतालका चिकित्सकले बचाउन अधिकतम् प्रयास गरेपनि सफल हुन नसकेको उपचारमा संलग्न चिकित्सकले बताएका छन् । स्वर्गीय ओलीको पार्थिव शरीरलाई शनिबार दिउँसो त्रिवेणी गाउँपालिका–२, सिम्रतुमा अन्तिम श्रद्धाञ्जलीसहित दाहसंस्कार गर्ने कार्यक्रम रहेको पारिवारिक स्रोतले जनाएको छ ।

ओलीका कान्छा छोरा टेकबहादुर ओलीले भने, ‘आमा विनाको परिवारको पीडा कस्तो हुन्छ, हामी सबैले कल्पना गरिएकै अनुभव हो । गाउँकै जेष्ठ नागरिकको निधनले गाउँ नै शोकमा डुबेको छ ।’ स्वर्गीय ओलीका हाल जीवित तीन छोरा, एक छोरी, चार बुहारी, नौ नाती र नौ पनाती रहेका छन् ।

 

Translate »