सुर्खेतको सिम्तामा एमालेका चन्द र रेग्मी विजयी

स्काई न्यूज/ जेठ ५, सुर्खेत ।  पूर्वी सुर्खेतको सिम्ता गाउँपालिकामा नेकपा एमालेले गठबन्धनलाई हराउँदै अध्यक्ष र उपाध्यक्ष पदमा विजयी भएको छ । नेकपा एमालेका उम्मेदवार ऐनबहादुर चन्द र गोमा शर्मा (रेग्मी) ले नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रका उम्मेदवारलाई हराउँदै अध्यक्ष र उपाध्यक्षमा विजयी भएका हुन् ।

चन्दले नेपाली काँग्रेसका वीरेन्द्र रावतलाई ३ सय १८ मत अन्तरले हराउँदै अध्यक्ष पदमा विजयी भएका हुन् । जितका लागि चन्दले ६ हजार १ सय ७० मत प्राप्त गरेका छन भने उनका निकटतम् प्रतिद्वन्द्वी रावतले ५ हजार ८ सय ५२ मत प्राप्त गरेका हुन् ।

एमालेका उम्मेदवार शर्मा (रेग्मी) ले नेकपा माओवादी केन्द्रका उम्मेदवार चित्रबहादुर हमाललाई ७ सय ८० मत अन्तरले हराउँदै उपाध्यक्ष पदमा विजयी भएकी छन् ।

शर्मा (रेग्मी) ले ६ हजार ९१ प्राप्त गरिन् भने उनका निकटतम् प्रतिद्वन्द्वी हमालले ५ हजार ३ सय ११ मत प्राप्त गरेका हुन् । सिम्तामा ९ वटा वडा मध्ये एमाले ५ वडामा विजयी भएको छ भने नेपाली काँग्रेसले ४ वडामा जित हात पारेको छ ।

Translate »