छिन्चु–जाजरकोट सडकखण्ड अवरुद्ध

दीपक शर्मा/ सल्यान । वर्षातका कारण सडक माथिबाट पहिरो आएपछि छिन्चु–जाजरकोट सडकखण्ड अवरुद्ध भएको छ । हिजो (मङ्गलवार) बेलुकी  परेको वर्षापछि आएको पहिरोले सडक अवरुद्ध भएको हो ।

जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार, बोटेचौर, सल्लि सडकखण्ड अन्तर्गत पोखरे,  धागेचरि, कुरिल्ले, जुम्लिभिरमा पहिरो आएको छ । गए रातिदेखि गाडीहरू पहिरोका कारण बिचमै रोकिएका छन् ।  जसका कारण धेरै यात्रुहरू अलपत्र परेका छन् ।

सुर्खेत गुर्भाकोट नगरपालिका र बनगाड कुपिण्डे नगरपालिका अन्तर्गतका वडाहरूले जथाभाबी सडक खन्दा त्यसको असर छिन्चु जाजरकोट सडक खण्डमा परेको छ ।

सडक खुलाउने प्रयास भइरहेको  जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । सडक सञ्चालन गर्न अझै दुई तीन घण्टा लाग्ने जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख सुमित खड्काले जानकारी दिए ।

Translate »