गुर्भाकोट प्रमुखमा नेपाली काँग्रेसका पुन निर्वाचित

स्काई न्यूज जेठ ३, सुर्खेत । पूर्वी सुर्खेतको गुर्भाकोट नगरपालिकाको नगर प्रमुखमा नेपाली काँग्रेसका हस्त पुन निर्वाचित भएका छन् । उनले नेकपा एमालेका तिलकबहादुर खत्रीलाई १ हजार ७ सय ९२ मत अन्तरले हराउँदै निर्वाचित भएका हुन् ।

पुनले ११ हजार ९ सय ७८ मत ल्याएका थिए भने उनका निकटतम् प्रतिद्वन्द्वी एमालेका खत्रीले १० हजार १ सय ७८ मत प्राप्त गरेको गुर्भाकोट नगरपालिकाका निर्वाचन अधिकृत तुलसा भण्डारीले जानकारी दिईन् ।

 

नगर उप–प्रमुखमा समेत नेपाली काँग्रेसकै मैना विकले नेकपा एमालेका सुशीला कुमारी विश्वकर्मालाई १ हजार ४ सय ४४ मत अन्तरले हराउँदै निर्वाचित भएकी छिन् । विकले ११ हजार ७ सय ४३ मत ल्याएकी हुन भने उनका निकटतम् प्रतिद्वन्द्वी विश्वकर्माले १० हजार २ सय ९९ मत प्राप्त गरेको निर्वाचन अधिकृत भण्डारीले बताईन् ।

१४ वडा रहेको गुर्भाकोट नगरपालिकामा नेपाली काँग्रेसले एक्लै १० वटा वडा जित्न सफल भएको छ भने बाँकी ४ वडामा नेकपा एमाले जीत हात पारेको छ ।

नगरको वडा नम्वर १, मा नेकपा एमालेका रामबहादुर शाहीले नेपाली काँग्रेसका ओविलाल थापा हराउँदै वडाध्यक्षमा विजयी भएका हुन् । वडा नम्वर २, मा नेपाली काँग्रेसका नोखबहादुर वलीले नेकपा एमालेका युवराज कँडेललाई हराउँदै वडाध्यक्षमा विजयी भएका हुन भने वडा नम्वर ३, मा नेपाली काँग्रेसकै ओमप्रकाश बुढाले नेकपा एमालेका तुलाराम विष्टलाई हराउँदै वडाध्यक्षमा जित हात पारेका छन् ।

त्यस्तै वडा नम्वर ४, मा नेपाली काँग्रेसका रामबहाुदर डाँगीले नेकपा एमालेका प्रशन्नकुमार शाहलाई हराएर वडाध्यक्ष जीतेका का छन भने उता वडा नम्वर ५, मा समेत नेपाली काँग्रेसका लालबहादुर पुनले नेकपा एमालेका तेजबहादुर रोकालाई हराएर वडाध्यक्षमा विजयी भएका हुन् ।

यस्तै वडा नम्वर ६, मा नेपाली काँग्रेसकै गोविन्द वलीले नेकपा एमालेका कुलबहादुर वलीलाई हराउँदै वडाध्यक्षमा जीत हात परेका छन भने वडा नम्वर ७, मा नेपाली काँग्रेसका बासुदेव शर्माले नेकपा एमालेका धमेन्द्र पुनलाई हराउँदै वडाध्यक्षमा विजयी भएका हुन् ।

यसैगरी वडा नम्वर ८, मा नेपाली काँग्रेसका किरणकुमार विकले नेकपा एमालेका तुलसिंह कामीलाई हराउँदै वडाध्यक्षमा विजयी भएका हुन् भने उता वडा नम्वर ९, मा पनि नेपाली काँग्रेसकै ज्ञानबहादुर खत्रीले नेकपा एमालेका शशिराम भट्टराईलाई पराजीत गर्दै वडाध्यक्ष पद हात पारेका छन् ।

त्यसैगरी वडा नम्वर १०, मा भने नेकपा एमालेका थमनबहादुर खत्रीले नेपाली काँग्रेसका खगेन्द्रबहादुर खत्रीलाई हराउँदै वडाध्यक्षमा निर्वाचित भएका छन भने उता ११ नम्वर वडामा समेत नेकपा एमालेकै राजन विसीले नेपाली काँग्रेसका मिलन रावत क्षेत्री हराउँदै वडाध्यक्षमा विजयी भएका हुन् ।

यता वडा नम्वर १२, मा नेपाली काँग्रेसका तुलसीप्रसाद शर्माले नेकपा एमालेका विनोदकुमार विकलाई हराउँदै वडाध्यक्षमा विजयी भएका छन भने वडा नम्वर १३, मा नेपाली काँग्रेसका मधु गुरुङले नेकपा एमालेका इन्ददेव गिरीलाई पराजीत गर्दै वडाध्यक्ष पद हात पारेका हुन् ।

उता बडा नम्वर १४, मा भने नेकपा एमालेका चन्द्रबहादुर घर्तीले नेपाली काँग्रेसका भुपालसिंह गुरुङलाई हराउँदै वडाध्यक्ष पदमा निर्वाचित भएका छन् ।

Translate »