आज ७ केन्द्रमा मतदान, भोलि ४ केन्द्रमा मतदान हुँदै

जेठ २, काठमाडौं । ३० वैशाखमा स्थगित भएको सात केन्द्रमा सोमबार मतदान भएको छ ।

सोमबार धनुकुटाको शहिदभूमि गाउँपालिका-६, सप्तरीको रुपनी गाउँपालिका- ५, रामेछापको खाँडादेवी गाउँपालिका १, सुर्खेतको सिम्ता गाउँपालिका-३, बझाङको केदारस्यूँ गाउँपालिका ४, बझाङको सुर्मा गाउँपालिका- २ र बझाङकै सुर्मा गाउँपालिका-३ मा मतदान भएको निर्वाचन आयोगले जनाएको छ ।

मंगलबार भने चार मतदान केन्द्रमा मतदान हुँदैछ । काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका-१३, कञ्चनपुरको पुनर्वास नगरपालिका-१०, बाजुराको बुढीनन्दा नगरपालिका- ८ र अछामको पञ्चदेवल विनायक नगरपालिका-५ मा मतदान हुने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिएका छन् ।

यसैगरी जेठ ४ गते तनहुँको व्यास नगरपालिका- ८ को गाविस भवन फेदी मतदान केन्द्रमा पुनः मतदान हुँदैछ भने पुनः मतदान गर्नुपर्ने अन्य मतदान केन्द्रमा पनि केही दिन भित्रमा मतदान गर्ने गरी सूचना प्रकाशन हुने निर्वाचन आयोगले जनाएको छ ।  अनलाइनखबर

Translate »