गुर्भाकोटमा एमाले–काँग्रेस वीच कडा टक्कर

स्काई न्यूज/ जेठ १, सुर्खेत । अघिल्लो स्थानीय तहको निर्वाचनमा गुर्भाकोट नगरको नेतृत्व सम्भालेको नेपाली काँग्रेसलाई यसपटक नेकपा एमालेले एक्लै चुनौती पेश गरेको छ । आफ्नो साख जोगाउन अन्य पार्टीसँग महागठबन्धन गरेको नेपाली काँग्रेसलाई यसपटक नेकपा एमालेले एक्लै चुनौती पेश गरेको हो ।

एमालेले वडा मात्र होइन, नगरको नेतृत्व बोक्ने गरी आफ्नो तयारी भएको जनाएको थियो । तर, हालसम्मको मत परिणाम अनुसार एमालेले नगरको प्रमुख र उपप्रमुख पदका लागि नेपाली काँग्रेसलाई अहिले पछ्¥याई रहेको छ ।  ताजा परिणाम अनुसार नेकपा एमालेका तर्फबाट नगर प्रमुख पदका उम्मेदवार तिलक खत्रीले ३ हजार ८२ मत प्राप्त गरिरहँदा नेपाली काँग्रेसका हस्त पुनले ३ हजार ३ सय ९९ मतले अग्रता लिएको निर्वाचन अधिकृत तुलसा भण्डारीले जानकारी दिईन् ।

उनका अनुसार उपप्रमुख पदका लागि समेत नेकपा एमालेका सुशीलाकुमारी विश्वकर्माले ३ हजार ९ मतले नेपाली काँग्रेसका मैना विकको ३ हजार ४ सय ५ मतलाई पछ्¥याई रहेकी छिन् । पछिल्लो घोषित परिणाम अनुसार गुर्भाकोट नगरपालिका वडा नम्वर २, मा नेपाली काँग्रेसका नोखबहादुर वलीले ९ सय ११ मत ल्याएर वडाध्यक्षमा विजयी भएका छन् ।

वलीका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका युवराज कँडेलले ५ सय ७१ मत ल्याएका हुन् । यसअघि बडा नम्वर १, मा नेकपा एमालेका रामबहादुर शाहीले ६ सय ८३ मत ल्याएर वडाध्यक्षमा विजयी शुरुवात गरेका थिए । शाहीका निकटतम् प्रतिद्वन्द्वी नेपालीका काँग्रेसका ओविलाल थापाले ५ सय ७५ मत ल्याएको निर्वाचन अधिकारी भण्डारीले जानकारी दिईन् ।

उनका अनुसार नगरको वडा नम्वर १४ मा समेत नेकपा एमालेका चन्द्रबहादुर घर्तीले ७ सय ३६ मत ल्याएर विजयी भएका छन् । घर्तीका निकटतम् प्रतिद्वन्द्वी नेपाली काँग्रेसका भुपालसिंह गुरुङले कडा प्रतिस्पर्धाका वीच ७ सय ३३ मत ल्याउन सफल भएका थिए ।

उता वडा नम्वर १३, मा भने नेपाली काँग्रेसका मधु गुरुङले १ हजार २ सय ८६ मतले ल्याएर वडाध्यक्षमा विजयी भएका छन् । गुरुङका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका ईन्द्रदेव गिरीले ९ सय १५ मत प्राप्त गरेको निर्वाचन अधिकारी भण्डारीले जानकारी दिईन् ।

Translate »