महागठबन्धनलाई टक्कर दिँदै एमाले

भेरीगंगामा नेपाली काँग्रेसकै दवदवा

डिलबहादुर खत्री / जेठ १, सुर्खेत ।  नेकपा एमालेले नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चालगायतको संयुक्त महागठबन्धनलाई जवरजस्त चुनौती पेश गरिरहेको छ । स्थानीय तह निर्वाचन–२०७९,अन्तर्गत सुर्खेतमा जारी विभिन्न स्थानीय तहको मतगणनाको परिणाम अनुसार मुख्य प्रतिद्वन्द्वीका रुपमा एमालेले महागठबन्धनलाई चुनौती पेश गरेको हो ।

ताजा मत परिणाम अनुसार भेरीगंगा नगरपालिकाको प्रमुख पदका लागि १ हजार ४ सय २७ मतका साथ नेकपा एमालेका यज्ञप्रसाद ढकालले आफ्ना निकटतम् प्रतिद्वन्द्वी नेपाली काँग्रेसका रामबहादुर सिंहलाई पछ्¥याई रहेका छन् ।  उनका निकटतम् प्रतिद्वन्द्वी सिंहले १ हजार ७ सय ९४ मतका साथ अग्रता कायम राखिरहेको निर्वाचन अधिकृत नगेन्द्र लम्सालले जानकारी दिए ।

उनले उपप्रमुख पदमा समेत नेकपा एमालेका धनसरा बोहराले १ हजार २ सय ८ मतका साथ निकटतम् प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका नन्दबहादुर कार्कीलाई चुनौती पेश गरिरहेको बताए । उनका अनुसार कार्कीले १ हजार ८ सय ७५ मतका साथ अग्रता कायम राखेका छन् ।

पछिल्लो ताजा परिणाम अनुसार भेरीगंगा नगरपालिका–३ नम्वर वडाध्यक्षको पदमा नेपाली काँग्रेसका जीतबहादुर सुनारले ६ सय ८ मत ल्याएर विजयी भएका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी एमालेका विशाल पुनले ५ सय २९ मत प्राप्त गरेका थिए ।

यसअघि वडा नम्वर १, को वडाध्यक्षमा नेपाली काँग्रेसका दिनेश पुलामी मगरले ३ सय ३३ मत ल्याएर विजयी भएका छन् भने उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका सम्झना कार्कीले ३ सय २६ ल्याएकी छिन् ।

त्यस्तै वडा नम्वर २, को वडाध्यक्षमा नेकपा माओवादी केन्द्रका चिरन्जीवी बुढाले ५ सय ७ मत ल्याएर विजयी भएका छन भने उनका प्रतिद्वन्द्वी नेपाली काँग्रेसका करसिंह रावतले ४ सय ४९ मत प्राप्त गरेको निर्वाचन अधिकृत लम्सालले जानकारी दिए ।

Translate »