बुधवार सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले घट्यो

वैशाख २८, काठमाडौं । स्थानीय बजारमा बुधवार सुनको मूल्य घटेको छ । यो दिन सुनको मूल्य एकैदिन  प्रतितोला १ हजार रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधवार सुनको मूल्य प्रतितोला ९७ हजार रुपैयाँमा कायम भएको छ । अघिल्लो कारोबार दिन अर्थात् मंगलवार सुनको मूल्य प्रतितोला ९८ हजार रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, बुधवार चाँदीको मूल्य पनि घटेको छ । यो दिन चाँदी प्रतितोला ३० रुपैयाँले घटेर प्रतितोला १ हजार २४५ रुपैयाँ कायम भएको छ । अघिल्लो दिन चाँदी प्रतितोला १ हजार २७५ रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, अन्तरराष्ट्रिय बजारमा भने बुधवार सुनको मूल्य बढेको छ । यो दिन न्यूयोर्क मर्कन्टाइल एक्सचेञ्जको कोमेक्स डिभिजनमा स्पट गोल्डको मूल्य प्रतिऔंस १ हजार ८३८।३० डलर पुगेको छ ।

त्यसैगरी, बुधवार अमेरिकी डलरको मूल्य पनि घटेको छ । यो  दिन एक अमेरिकी डलरको विक्रीदर १२४ दशमलव शून्य ४ रुपैयाँ रहेको छ । अघिल्लो दिन एक अमेरिकी डलरको विक्रीदर १२४ दशमलव ३७ रुपैयाँ रहेको थियो ।

Translate »