भिरबाट लडेर एक जनाको मृत्यु

दीपक शर्मा/ सल्यान  ।  सल्यानमा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ । जिल्लाको कुमाख गाउँपालिका ३ चिनालीकी अन्दाजी ४० वर्षीया तिलसरी घर्तीमगरको भिरबाट लडेर बिहीबार बिहान मृत्यु भएको हो ।

आफन्तको विवाह घरबाट फर्किने क्रममा सिद्ध कुमाख गाउँपालिका ४ मा लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । घर्तीको शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख सुमित खड्काले जानकारी दिए ।

Translate »