सुनको मूल्य एकदिन १ हजार ४०० रुपैयाँले बढ्यो

वैशाख २२, काठमाडौँ । अघिल्लो दिन स्थिर रहेको सुनको मूल्य आज एकैदिन १ हजार ४०० रुपैयाँले बढेको छ । गत साताको शुक्रवार देखि निरन्तर घटिरहेको सुनको मूल्य बुधवार भने स्थिर रहेको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ९८ हजार ६०० रुपैयाँमा कायम भएको छ । अघिल्लो कारोबार दिन अर्थात बुधवार भने सुनको मूल्य ९७ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरि, आज चाँदीको मूल्य पनि बढेको छ । तीनदिन देखि स्थिर रहेको चाँदीको मूल्य आज १५ रुपैयाँले बढेर प्रतितोला १ हजार ३०५ रुपैयाँ कायम भएको छ । बुधवार चाँदीको मूल्य १ हजार २९० रुपैयाँमा कारोबार भएको थियो ।

आज, अन्तरराष्ट्रिय बजारमा पनि सुनको मूल्य बढेको छ । यो दिन न्यूयोर्क मर्कन्टाइल एक्सचेञ्जको कोमेक्स डिभिजनमा स्पट गोल्डको मूल्य प्रतिऔंस १ हजार ९०० डलर ८० सेन्टसम्म पुगेको छ ।

त्यसैगरी, यो दिन अमेरिकी डलरको मूल्य भने घटेको छ । आज एक अमेरिकी डलरको विक्रीदर १२२ रुपैयाँ ५७ पैसा कायम भएको छ । अघिल्लो कारोबार दिन डलर १२२ रुपैयाँ ७३ पैसामा कारोबार भएको थियो ।

Translate »