कलाकारहरू भुवन केसी, स्वेता खड्का र रवीन्द्र खड्का कांग्रेस प्रवेश

काठमाडौँ — अभिनेता भुवन केसी, अभिनेत्री स्वेता खड्का र कलाकार संघका अध्यक्ष रवीन्द्र खड्का नेपाली कांग्रेस प्रवेश गरेका छन् । मंगलबार बिहान कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको हातबाट टीका थाप्दै यी तीन कलाकार कांग्रेश प्रवेश गरेका हुन् । उनीहरूलाई वरिष्ठ कलाकार नीर शाहको पहलमा कांग्रेस प्रवेश गराइएको बताइएको छ ।

अभिनेता भुवन केसी यसअघि काठमाडौं महानगरको मेयरमा उठ्ने चर्चा चलेको थियो । उनलाई स्वागत नेपाल नेतृत्वको उन्नत लोकतान्त्रिक पार्टीले मेयरमा उठाउने घोषणा गरेको थियो । तर पछि उनले सामाजिक सञ्जाल फेसबुकमार्फत आफूले उम्मेदवारी नदिने घोषणा गरेका थिए । यसअघि उनी नेकपा एमालेमा आबद्ध थिए ।

पछिल्लो समय व्यवसायमा सक्रिय अभिनेत्री श्वेता खड्काले गरेको अन्तिम फिल्म ‘कान्छी’ हो । त्यसपछि उनले कुनै फिल्म गरेकी छैनन् । अभिनेता खड्का भने पूरानै कलाकार हुन् । अहिले उनी कलाकार संघमा आबद्ध छन् ।

Translate »