६२ लाखको गहनासहित एक जना पक्राउ

वैशाख २० , नेपालगञ्ज । बाँकेमा ६२ लाख रुपैयाँ बराबरको अबैध सुनसहित एक जना पक्राउ परेका छन् ।

खजुरा गाउँपालिका वडा नं. २ एल गाउँस्थित सुवेदी चोकबाट ८ सय २ ग्राम ७३ मिलिग्राम सुनसहित बझाङको जयपृथ्वी नगरपालिका १ पिमी बस्ने २८ वर्षीय अशोकबहादुर सिंहलाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरी चौकी राधापुरबाट प्रहरी नायव निरीक्षक रविन्द्र बमको कमाण्डमा गएको खटिएको प्रहरी टोलीले शंका लागेर सिंहलाई जाँच गर्ने क्रममा सुनका गहनासहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता मधुसुदन न्यौपानेले जानकारी दिए ।

उनको साथबाट हार, मंगल सुत्र, वाला, दाना, झुम्की, रामलिला, झाला, ब्रासलेट, कानपासा, औठी, टप, फुली, टुक्राहरु पथ्थर र मालासहित बिभिन्न प्रकारका सुनाका गहना फेला परेको प्रहरीले जनाएको छ ।

सिंहले ४ वैशाखमा भारतको बैंगलोरको एउटा सुन पसलबाट यी गहान चोरी गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको र भारतीय प्रहरीसँग समन्वय गरी आवश्यक अनुसन्धान कार्य जारी रहेको न्यौपानेले बताए । अनलाइनखबर

Translate »