होटल वाटर टावरको व्यवस्थापकीय जिम्मा सिद्धार्थ हस्पिटालिटीले गर्ने, नाम पनि फेरीयो

चैत २४, काठमाडौं । होटल वाटर टावर अब सिद्धार्थ होटल वाटर टावरको नामबाट सञ्चालन हुने भएको छ । हस्पिटालिटी क्षेत्रको अग्रणी ग्रुप सिद्धार्थ हस्पिटालिटीसँग व्यवस्थापकीय साझेदारी गर्दै बैशाख १ गतेदेखि सिद्धार्थ हस्पिटालिटीको व्यवस्थापनमा सञ्चालन हुने भएको छ।
होटलले ०७३ साल जेष्ठ देखि नुवाकोट जिल्लामै उत्कृष्ट हस्पिटालिटी सेवा प्रदान गदै आएको थियो । उक्त होटल वाटर टावरमा ३३ वटा अत्याधुनिक सुविधा युक्त कोठा, विभिन्न प्रकारका सेमिनार ,गोष्टि र तालिमका लागि हल, रेष्टुरेन्ट तथा बार लगायतका सुबिधाहरु रहेका छन् ।
यस होटलले निकट भबिष्यमा ५०० जना भन्दा बढी क्षमताको हल, स्विमिङ पुल, हेल्थक्लव, पारिवारीक वातावरण सहितको फाइनडाइन रेष्टुरेन्ट र प्राइभेट डाइनिङ रुम लगायतका संरचनाको निमार्ण गरी थप स्तरिय सेवा प्रदान गर्ने लक्ष्य भएको बताइएको छ ।
होटेल, रेष्टुरेन्ट, रिर्सोट, बेकरी, क्याफे, होटल म्यानेजमेन्ट इष्टिच्यूट, जस्ता हस्पिटालिटी क्षेत्रका व्यवसायहरुको नेटवर्क बनाएर सिद्धार्थ ग्रुपले कैलालीको टिकापुर, कर्णालीको चिसापानी, नेपालगन्ज, सुर्खेत, महेन्द्रनगर, झापाको बिर्तामोड, कपिलवस्तुको चन्रौटा, बुटवल, चितवनको चुम्लिङटार, काठमान्डौको बानेश्वर, धोबीघाट, तीनकुने, सुन्धारा,बौद्घ ,लगायतका स्थानहरुमा २९ वटा शाखामार्फत गुणस्तरिय हस्पिटालिटी सेवा प्रदान गर्दै आएको सिद्धार्थ ग्रुपले विदुर–४, वटार ,नुवाकोट स्थित होटल वाटर टावरमा व्यवस्थापकीय साझेदारी सहित सेवा विस्तार गरेको हो ।

नुवाकोट लगायत बागमति प्रदेशमा होटल व्यवसायलाई थप गुणस्तरीय बनाउने उद्देश्यका साथ सिद्धार्थ गु्रपले देशका अन्य प्रमुख शहरहरुमा पनि त्यहाका व्यवसायीहरु संग व्यवस्थापकिय सहकार्य गरेर सेवा विस्तार गर्ने तयारी गरिरहेको छ ।
सिद्धार्थ ग्रुपले नेपालगन्जमा चारतारे होटेल सञ्चालनगरि रहेको छ भने भैरहवामा पाँचतारे होटल सञ्चालनको तयारीमा छ । सिद्धार्थ होटल वाटर टावरलेसुविधा सम्पन्नभवन संगै ग्राहकको सुविधाका लागि ३३ वटा वातानुकुलित कोठाहरु रहेका छन्।
रेष्टुरेन्ट एण्ड बारको सुविधा समेत रहेको होटलमा विभिन्न प्रकारका सेमिनार ,गोष्टि तथा तालिमका लागि हल, नेपाली, इन्डियन, चाइनिज र कन्टिनेन्टल खानाको व्यवस्था ,विभिन्न होलिडे प्याकेज र हवाई टिकटको व्यवस्था समेत रहेको बताईएको छ।