१२ कक्षाको परीक्षा तालिका सार्वजनिक

चैत ५, काठमाडौं । कक्षा १२ को वार्षिक परीक्षाको समय तालिका सार्वजनिक भएको छ ।

२०७९ जेठ १६ गतेदेखि हुने परीक्षाको समय तालिका राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय भक्तपुरले सार्वजनिक गरेको हो ।


आगामी जेठ १६ गतेदेखि बिहान ११ बजेदेखि २ बजेसम्म सञ्चालन हुने परीक्षा जेठको २५ गते सकिने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।

Translate »