‘साम्राज्यवादको आक्रमणबाट नेपाल मुक्त छैन’

रगवीर विश्वकर्मा /चैत ५, सुर्खेत । अझैपनि ‘नेपाल’ अमेरिकी साम्राराज्यवाद र भारतीय विस्तारको हस्तक्षेपकारी नियन्त्रणबाट मुक्त हुन नसकेको कर्णालीका साहित्यकारहरु बताएका छन् । प्रगतिशील लेखक संघ नेपाल कर्णाली प्रदेशको शनिबार सुर्खेतको वीरेन्द्रनगरमा सम्पन्न दोस्रो सम्मेलन्मा बोल्ने अधिकांस वक्ताले नेपाली राजनीतिदेखि आर्थिक, सामाजिक तथा वैचारिकरुपमा अमेरिकी साम्राराज्यवाद र भारतीय विस्तारवादले आक्रमण गरिरहेको बताएका हुन् । स्वतन्त्र र सार्वभौम देश नेपाल माथि भईरहेको विदेशी हस्तक्षेप अन्त्यका लागि राजनीति दलहरु सच्चिन आवश्यक रहेको उनीहरुको भनाइ थियो ।

कार्यक्रममा प्रलेस नेपाल केन्द्रीय सचिव प्रकाश थापाले देशको स्वभिमानका लागि प्रलेसले सामन्तवाद तथा साम्राज्यवादको बिरोध अभियानलाई जारी राख्ने बताए । त्यस्तै राष्ट्रीय जनमोर्चा केन्द्रीय सदस्य रत्नविक्रम प्यासीले देशको माना खाएर राजनीति आवरणमा दिल्ली र वाशिंटनको गायत्रीमन्त्र जप्ने कम्युनिष्ट नभएर पूँजीवादी दलालहरुले एमसीसी पास गरेको जिकिर गरे ।

कार्यक्रममा रगवीर विश्वकर्माद्वारा लिखित दलित–मुक्ति गजल–संग्रहको विमोचन गर्दै वरिष्ठ साहित्यका बलभद्र भारतीले दलित–मुक्ति गजल–संग्रहले समाजमा दलितमाथि हुँदै आएको अमानवीय भेदभाव, छुवाछुत, अन्याय–अत्याचारलाई उजागर गरेको बताए । उनले त्यसको अन्त्य गरी न्याय र समानतामा आधारित समाज निर्माण गर्नका लागि वैज्ञानिक समाजवाद स्थापना गर्नु पर्ने सेरोफेरोका गजलहरु समेटेको जनाए ।

कार्यक्रममा मध्यपश्चिम गजल मंचका अध्यक्ष धिरेन थापा अनुपम, नेपाली लेखक संघ सुर्खेतका सह–सचिव महेन्द्र चन्द महासागर, साहित्यकार लोकराज गौतम, सहीद स्मृति पुस्तकालयका अध्यक्ष भानुभक्त भारती, जनपत्रकार संगठनका केन्द्रीय सदस्य जगदिशनाथ योगी राजकुमार,नेपाली साहित्य पत्रकार संघका केन्द्रीय सदस्य जगत वाशिष्ठ, भेरी साहित्य समाजका अध्यक्ष थानेश्वर लामिछाने, प्रलेस नेपाल सुर्खेत शाखाका अध्यक्ष जागेश्वर नेपाल, सल्लाहकार पूर्ण भण्डारी, प्रलेस केन्द्रीय सदस्य डा.दिपक गौतम, लोकराज गौतम, जागेश्वर नेपाल, देवप्रकाश सिंह, पूर्ण भण्डारी पंकज, रत्ना अधिकारी, रगवीर विश्वकर्मा लगायतले आ–आफ्नो रचना वाचन गरेका थिए । प्रलेस नेपाल कर्णाली प्रदेशको दोस्रो सम्मेलनले युद्धविक्रम शाहीको अध्यक्षतामा २३ सदस्यीय नयाँ प्रदेश समिति निर्वाचित गरेको छ ।

Translate »