१६ रुपैयाँ बढेर आयो पेट्रोलको मूल्य

चैत ३, काठमाडौं । बुधवार इण्डियन आयल कर्पोरेसन (आइओसी)बाट पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची आएको छ । नेपाल आयल निगमका अनुसार बुधवार आएको नयाँ मूल्यसूची अनुसार पेट्रोलको मूल्य प्रतिलिटर १६ रुपैयाँ ३७ पैसाका दरले बढेर आएको हो । पेट्रोलको मूल्य बढेर आएसँगै पेट्रोल खरिद लागत १८२ रुपैयाँ ८१ पैसा पर्ने गरेको आयल निगमका सहप्रवक्ता पुस्कर कार्कीले जानकारी दिए ।

कार्कीका अनुसार बुधवार आएको नयाँ मूल्यसूची अनुसार डिजेलको मूल्य पनि बढेर आएको छ। डिजेलको मूल्य प्रतिलिटर २४ रुपैयाँ ४९ पैसाले बढेर आएको छ। डिजलेको खरिद लागत १६९ रुपैयाँ४४ पैसा पर्ने निगमले जानकारी दिएको छ । मूल्य बढेर आएसँगै निगमले घाटा बढेकाे उल्लेख गरेकाे छ ।

निगमले मूल्य बढाउने सन्दर्भमा आपूर्ति मन्त्रालयसँग छलफल गरेर मात्रै निर्णय गर्ने संकेत गरेको छ ।

Translate »