सुर्खेतमा व्यवसायिक प्याराग्लाइडिङ उडान शुरु

निकट भविष्यमै हर्षराईडिड्ग, रकक्लाईमिड्ग, साईकलिड्ग, ¥यारफ्टीड्ग सुर्खेतबाटै सञ्चालन गर्ने लक्ष्य

स्काई न्यूज /माघ २३, सुर्खेत । सुर्खेत सदरमुकाम वीरेन्द्रनगरको बयलकाँडादेखि औपचारिक रुपमा साहसिक उडान प्याराग्लाइडिङ आइतवारदेखि शुरु भएको छ । वेलकम प्याराग्लाइडिङ प्रालि सुर्खेतले शनिबार वीरेन्द्रनगरमा पत्रकार सम्मेलन गरेर व्यवसायिक उडान शुरु गर्न लागिएको जानकारी दिएको हो । प्रालिले स्वास्थ्य र पर्यटनको नारा लगाउँदै आएको भएपनि मुलतः कर्णालीको पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउने उद्देश्यले व्यवसायिक प्याराग्लाईडिङ्ग सञ्चालन गर्न लागिएको बताएको छ । विश्वकीर्तिमानी प्याराग्लाइडिङ पाइलट सानुबाबु सुनुवारले कर्णालीमा साहसिक खेललाई प्रचारप्रसारसँगै प्रवद्र्धन गर्ने उद्देश्यले व्यवसायिक प्याराग्लाइडिङ उडान शुरु गर्न लागिएको जानकारी दिए । उनले साहसिक उडान शुरु भएपछि सुर्खेत आसपासका क्षेत्रको मात्र नभई समग्र कर्णालीकै आन्तरिक तथा बाह्रय पर्यटन प्रवद्र्धनसँगै आर्थिक विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरे ।

‘कोरोना महामारीका कारणले खुम्चिएको पर्यटकीय गतिविधिलाई स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाउँदै कर्णाली प्रदेशको राजधानी सुर्खेतमा विस्तार गर्न लागेका छौं,’ उनले भने, ‘यहाँ पर्यटकीय गतिविधि बढाउनुका साथै केही समयपछि अन्तर्राष्ट्रिय प्याराग्लाइडिङ प्रतियोगिता नै आयोजना सञ्चालन गर्ने योजना बनाएका छौं ।’ उनले आगामी दिनमा नागरिक र सरकारी स्तरबाट प्याराग्लाइडिङ पाईलट प्रशिक्षण सञ्चालनका लागि माग आएमा त्यसतर्फ समेत सोच्न सकिने जिकिर गरे । उनका अनुसार सुर्खेतको भूगोल र हावापानी प्याराग्लाइडिङ पाईटल प्रशिक्षणका लागि साह्रै उपयुक्त रहेको छ । नागरिकको मागअनुसार सुर्खेतमा प्रतिदिन ४०÷५० उडान भर्ने योजना बनाएको कम्पनीका प्रमुख निर्देशक पदमबहादुर शाहीले बताए । उनले हावाको वेगमा कुनै समस्या आइपरे बीचमै आपतकालिन अवतरण समेत गर्न सकिने व्यवस्था मिलाइएको जानकारी दिए ।

कर्णालीका विभिन्न क्षेत्रको पर्यटन प्रवद्र्धनका लागि निकट भविष्यमै हर्षराईडिड्ग, रकक्लाईमिड्ग, साईकलिड्ग, ¥यारफ्टीड्ग आदी सेवा समेत सुर्खेतबाटै सञ्चालन गर्ने कम्पनीको भावी योजना रहेको उनको भनाई थियो । ‘साहसिक पर्यटकको रोजाईका लागि हामीले पुनः प्याराग्लाइडिङको व्यवसायिक उडान शुरु गर्न लागेका छौं,’ उनले भने, ‘ प्याराग्लाइडिङ मार्फत सुर्खेतका चर्चित धार्मिक तथा ऐतिहासिक स्थलहरुको मनोरम दृष्यावलोकनसँगै प्रचार–प्रसारमा टेवा पुग्ने विश्वास लिएका छौं ।’ उनले यसअघि नै एक करोड लगानीबाट शुरु गरेको वेलकम प्याराग्लाइडिङ प्रालिले पर्यटन प्रवद्र्धनसँगै साहसिक खेल क्षेत्रमा टेवा पुग्ने बताए । उनका अनुसार आइतबारदेखि शुरु गर्न लागिएको व्यवसायिक प्याराग्लाइडिङ उडान आगामी जेठ महिनासम्म सञ्चालन गरिनेछ ।

५० प्रतिशत छुट

हाल सुर्खेतका नागरिकलाई प्रति उडानमा ५० प्रतिशत छुट गरिएको छ । कम्पनीले प्रति उडान, प्रति व्यक्ति ३ हजार ५ सय, तीनदेखि ५ जनाको समूहलाई प्रतिव्यक्ति ३ हजार २ सय, पाँचदेखि १० जना समूहलाई २ हजार ८ सय र १० भन्दा माथिको समूहलाई प्रति व्यक्ति, प्रति उडान २ हजार पाँच सय रुपैयाँ निर्धारण गरेको छ ।

Translate »