विमानस्थलमा हेल्थडेस्क र होल्डिङ सेन्टर

हुम्ला । पछिल्लो समय देशभर कोरोनाको संक्रमण बढ्दै गएपछि हुम्लाको सिमकोट विमानस्थलमा हेल्थडेस्क र होल्डिङ सेन्टर स्थापना गरिएको छ । हुम्लाबाट अन्तरजिल्ला पुग्ने छोटो हवाईयात्राको माध्यम भएकाले विमानस्थलमा हेल्थडेस्क स्थापना गरिएको हो । सोमवारदेखि सिमकोट विमानस्थलमा सिमकोट गाउँपालिका र स्वास्थ्य सेवा कार्यालयको समन्वयमा हेल्थडेस्क स्थापना गरिएको छ । रासस

Translate »