प्रतितोला १ हजार रुपैयाँले बढ्यो सुनको मूल्य

माघ ६, काठमाडौं । बिहीवार नेपाली बजारमा सुनको मूल्य उकालो लागेको छ । स्थानीय बजारमा अघिल्लो कारोबारको दिन अर्थात् बुधवार रू. १०० ले बढेको सुनको भाउ बिहीवार रू. १ हजारले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीवार छापावाला सुन प्रतितोला रू. ९३ हजार ७०० मा कारोबार भएको छ । बुधवार छापावाला सुनको मूल्य प्रतितोला रू. ९२ हजार ७०० मा कारोबार भएको थियो । बुधवारको तुलनामा बिहीवार छापावाला सुन प्रतितोला रू. १ हजारले बढेको हो ।

त्यसैगरी, तेजाबी सुन प्रतितोला रू. ९३ हजार २०० मा कारोबार भएको छ । बुधवार तेजाबी सुन प्रतितोला रू. ९२ हजार २०० मा कारोबार भएको थियो ।

यस्तै, बिहीवार चाँदीको मूल्य पनि बढेको छ । बुधवार प्रतितोला रू. १ हजार २८५ मा कारोबार भएको चाँदी बिहीवार रू. ३० ले बढेर रू. १ हजार ३१५ मा किनबेच भइरहेको छ ।

Translate »