प्रदेश २ को नाम मधेस र राजधानी जनकपुरधाम

माघ ३,जनकपुरधाम ।  प्रदेश २ को नाम मधेस प्रदेश पारित भएको छ । प्रदेशको नाम मधेशको पक्षमा ८० जना प्रदेशसभा सदस्यले मतदान गरेका छन् । यो दुई तिहाईभन्दा बढी हो।

यसअघि प्रदेश नम्बर २ को स्थायी राजधानी जनकपुरधाम बहुमतले पारित भएको थियो । प्रदेश सभामा उपस्थित कुल ९९ प्रदेशसभा सदस्यमध्ये ७८ जनाले जनकपुरधाम प्रस्तावको पक्षमा मतदान गरेका थिए ।

प्रदेश सभामा १०४ जना सांसद छन् । प्रदेश २ को राजधानी तथा नामाकरण सम्बन्धी अध्ययन विशेष समितिले स्थायी राजधानीका लागि शुरुमा ६ वटा प्रस्ताव ल्याएको थियो । पछि त्यसलाई परिमार्जन गरी तीनवटा बनाएको थियो  । जसमध्ये जनकपुरधाम दुई तिहाइ बहुमतले पारित भएको हो ।

अब प्रदेश नम्बर २ को स्थायी राजधानी जनकपुरधामको भई उत्तरमा ढलकेवर पूर्व पश्चिम लोकमार्ग, पूर्वमा कमला नदी, पश्चिममा मिथिला माध्यमिक परिक्रमा सडक र दक्षिण नेपालको सीमाना कायम हुनेछ। (नागरिक)

Translate »