पाठेघरको क्यान्सर भएको कसरी थाहा पाउने ?

क्यान्सर भनेको जुनसुकै अंगमा सामान्य भन्दा धेरै कोषिका बढ्ने हो। अक्सर महिलाहरु पाठेघर क्यान्सरको जोखिममा हुन्छन्। पाठेघरको क्यान्सर अन्तर्गत पाठेघरको मुखको क्यान्सर तथा पाठेघरको भित्रपट्टिको क्यान्सर प्रमुख हो।

ह्युमन प्यापिलोमा भाइरसका कारणले पाठेघरको मुखको क्यान्सर भएको पाइन्छ। यसका साथै धेरैजना पुरुषसँग यौनसम्पर्क राख्ने, सानो उमेरमा धेरै सन्तान जन्माउने महिलामा पनि यो क्यान्सर हुन सक्छ। महिलामा हुने सम्पूर्ण क्यान्सरमध्ये स्तन क्यान्सर, फोक्सोको क्यान्सर र तल्लो आन्द्राको क्यान्सर पछि पाठेघरको क्यान्सर चौथो नम्बरमा पर्छ।

जब पाठेघरमा असामान्य कोषहरू अनियन्त्रित रूपमा वृद्धि हुन्छन्, तब पाठेघरको क्यान्सर हुन्छ। डिम्बाशयको क्यान्सर र पाठेघरको मुखको क्यान्सरपछि पाठेघरको क्यान्सर नै प्रजनन प्रणालीको क्यान्सरबाट हुने मृत्युको तेस्रो कारक तत्व हो। यद्यपी यसलाई प्रारम्भिक अवस्थामै पत्तो लगाउन सकियो भने उपचार संभव हुन्छ। त्यसैले महिलामा हुने केही त्यस्ता लक्षण छन्, जसले पाठेघर क्यान्सरको संकेत गर्छ। यदि त्यस्तो संकेत देखापरेमा सर्तक रहनुपर्छ। चिकित्सकिय परामर्श लिनु पर्छ।

यो जनावरी महिना भनेको क्यान्सरको जागरुपताको महिनाको रुपमा राखिएको छ। पाठेघरको मुखको क्यान्सर सातौ कमन क्यान्सर हो र यो चाहिँ महिलाहरुमा चौथो मा पर्ने गर्दछ। विकसित मुलकको कुरा गर्ने हो भने यो रोगबाट बच्नका निम्ती एचपिभी भ्याक्सिन लगाउने गरिन्छ जुन ५ देखि १५ बर्ष उमेर बर्गका बच्चाहरुलाई २ डोज खोप र १५ देखि २६ उमेर बर्गका मानिसहरुलाई ३ डोज खोप लगाउने गरिन्छ।

त्यस्तै, २६ बर्ष भन्दामाथिका उमेर पुगेका मानिसहरुले भ्याक्सिन लगाएतापनि भ्याक्सीनको प्रभाव नदेखिने भएकाले संक्रमण छ या छैन भनेर परीक्षणबाट पत्ता लगाउन सकिन्छ। यस भाइरसले भविष्यमा क्यान्सरको सम्भावना कति छ भन्ने कु्रा परीक्षण गरेर थाहा पाउन सकिन्छ। ९० प्रतिशत महिलामा असामान्य रूपमा योनिबाट रक्तश्राव हुन्छ। महिनावारी हुने समयभन्दा धेरै दिन धेरै मात्रामा, रगतको कालो ढिका जस्तो, कहिलेकाहीँ पानी जस्तो रक्तश्राव हुन्छ। त्यस्तै महिनामा दुई–तीन पटक महिनावारी हुने, यौन सम्पर्कको समयमा वा सम्पर्कपछि रक्तश्राव हुने आदि यसका लक्षणहरु हुन्।

कस्तो अवस्थामा यसको परीक्षण गर्ने ? कस्ता रहन्छन् यो क्यान्सको लक्षणहरु?
महिनावरी नभएपनि बिचमा रगत देखिनु, यौन सम्पर्क गर्दा रगत देखिने, सेतो र गन्हाउने पानी आउने, तल्लो पेट लगातार दुख्ने, ढाड दुख्ने, थकाई बढि लाग्ने, लामो समयसम्म खोकी निको नहुने र तौल घट्दै जानेलगायत लक्षणहरु देखिएमा तत्काल प्यापस्मेयरको परीक्षण गराउनु पर्दछ। यो परीक्षणले संक्रमितको क्यान्सरको कुन अवस्थाम छ भन्ने पत्ता लगाउन सकिन्छ।

पाठेघरको मुखको क्यान्सर महिलाले असुरक्षित धेरै व्यक्तिसँग यौन सम्पर्क राखेमा, सानै उमेरमा बिबाह गरेमा, सानो उमेरमै यौन सम्पर्क राखेमा, सानै उमेरमा बच्चा जन्माएमा, धेरै गर्भाधारण गरेमा, धुम्रपान गरेमा हुने गर्दछ। त्यसैले हरेक महिलाहरुले कम्तिमा बर्षमा एक पटक स्त्री रोग सम्बन्धीका डाक्टरहरुलाई भेटेर जाचँ गर्न जरुरी छ।

यो परीक्षणले भविश्यमा हुने धनजन र खतराबाट बचाउँदछ। हामिले हामिकहाँ आउने महिला दिदीबहिनी आमाहरुलाई यस्ता रोगबाट आउने खतरा लक्षण र सवाधानका उपायहरुको ज्ञान दिन जरुरी छ।

(डा शर्मा एभरेष्ट अस्पतालमा स्त्री रोग तथा निशन्तान विशेषज्ञको रुपमा कार्यरत छिन्) (स्वास्थ्य खबर)

Translate »