कर्णाली प्रदेश सभामा ५ वटा अध्ययादेश टेबुल

स्काई न्यूज /पुस २८, सुर्खेत । कर्णाली प्रदेशसभा बैठकमा ५ वटा अध्यादेश टेवुल भएका छन । बुधबार सभाको ९ औं अधिवेशनको पहिलो बैठकमा कर्णाली प्रदेश विनियोजन अध्यादेश २०७८, कर्णाली प्रदेश आर्थिक अध्यादेश २०७८, प्रदेश लोक सेवा आयोग (दोस्रो संशोधन) अध्यादेश २०७८, प्रदेश लोक सेवा आयोगका पदाधिकारीको पारिश्रमिक सेवाका शर्त र सुविधासम्बन्धी अध्यादेश २०७८ र कर्णाली प्रदेश खेलकुद विकास (पहिलो संशोधन अध्यादेश २०७८ टेलुब भएका हुन् । प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री विन्दमान विष्टले सभामा पेश गरेका ‘कर्णाली प्रदेश विनियोजन विधेयक २०७८ र कर्णाली प्रदेश आर्थिक विधेयक २०७८ फिर्ता लिएका छन् ।

 

सभाको ९ औं अधिवेशनको पहिलो बैठकमा शुभकामना दिँदै नेकपा एमाले कर्णाली प्रदेश संसदीय दलका नेता यामलाल कँडेलले प्रदेश सरकारले अपेक्षा अनुरुपका विकास निर्माणका कामलाई तीव्रता दिन नसक्दा नागरिकमा नैराश्यता बढेकाले अहिलेको सरकारले विगतको जस्तो व्यवहार नगरी वास्तविक रुपमा कर्णालीको विकास गर्न अगाडि बढेमा एमाले सहयोग गर्न तयार रहेको बताए । उनले पूर्वाधार विकासका रकम कटौती गरेर कार्यकर्ता पाल्ने र घर आँगन बनाउने कार्यमा खर्च नगर्न प्रदेश सरकारले सुझाव समेत दिए । कर्णालीमा माओवादी नेतृत्वको बहुमतको सरकार हुँदा हुन नसकेका कामहरु गठबन्धन सरकारले कसरी गर्न सक्छ ? भनेर प्रश्न गरे । उनले भने, ‘तीन वर्ष भन्दा बढि समय मिल्दा मिल्दै काम गर्न सकेनौं । यस्तो अहिलेको अवस्थामा कसरी काम गर्न सकिन्छ ? बजेटको उल्लेख्य रकम सरकारले दान दातव्यमा बाँडदै जाने खालका कार्यविधि निर्माण भइरहेका छन् । पूर्वाधारका पूँजीगत बजेट कटौती गर्दै हिंडेको छ । यसरी कसरी कर्णाली बन्छ ?’ उनले व्यवहारमा अनुभूति हुनेगरी काम गर्न मुख्यमन्त्री शाहीलाई सुझाव दिए ।

Translate »