मिलमा सल बेरिएर महिलाको मृत्यु

पुस २८,अछाम । अछामको चौरपाटी गाउँपालिका वडा नं ४ पायलका एक महिलाको कुटानी पिसानी मिलमा सल बेरिएर मृत्यु भएको छ। साँफेबगर नगरपालिका वडा नं १ बैजनाथमा रहेको आफ्नै कुटानी पिसानी मिलमा सल बेरिएर ५१ वर्षीया सुन्तला बोहराको घटनास्थलमै ज्यान गएको मृतकका श्रीमान् शंकरमान बोहराले जानकारी दिए । धान कुटाउने क्रममा सल बेरिएर ज्यान गएको हो । जाडोका कारण सल ओढेर काम गरिरहेको बेला असावधानीवश घटना हुन गएको प्रहरीले जनाएको छ । मृतक बोहराको शरीरका दुई भाग भएका छन् । उनका श्रीमान्, दुई छोरा र दुई छोरी रहेका छन् ।

Translate »