माघ १५ सम्म विद्यालय बिदा गर्ने शिक्षा मन्त्रालयको निर्णय

 

पुस २६, काठमाडौं । कोरोना भाइरस संक्रमण बढेपछि सरकारले १५ दिन विद्यालय बिदा गर्ने भएको छ ।

सिसीएमसीको आइतवार बसेको बैठकले १५ दिन विद्यालय बिदा दिन सिफारिस गरेको थियो । सो सिफारिस सार्वजनिक भएपछि सोमवार शिक्षा मन्त्रालयका अधिकारीहरु छलफलमा बसेर उक्त निर्णय गरेका हुन् ।

वार्षिक बिदामा मिलान हुने गरी अहिलेलाई १५ दिन विद्यालय बन्द गर्न लागिएको स्रोतले बताएको छ ।

Translate »