जिप दुर्घटनामा तीन जनाको मृत्यु

सल्यान । दाङ तुलसीपुरबाट सल्यान कपुरकोट आउँदै गरेको जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।

आइतबार साँझ राप्ती राजमार्ग अन्तर्गत तुलसीपुर उपमहानगरपालिका –३ सिर खोलामा रा १ ज ४३८ नम्बर जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् ।

दुर्घटनामा परी मृत्यु हुनेमा ४५ वर्षीया सौनी घर्ती र ४८ वर्षीय प्रेम प्रकाश शर्मा र ४६ वर्षीय कर्ण बहादुर खड्का रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । उनीहरूको ठेगाना भने खुल्न सकेको छैन ।

जिप सडकबाट करिब २ सय मिटर तल सकेको प्रहरीले जनाएको छ ।

जिपमा कति जना यात्रु सवार रहेका थिए भन्ने यकिन भएको छैन र घाइतेहरूको राप्ती प्रादेशिक अस्पताल तुलसीपुर र नेपालगन्जमा उपचार भइरहेको छ ।

घटनाको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

Translate »