राष्ट्रपति भण्डारीबाट जुम्लामा एमबिबीएस पढाइको शुभारम्भ

सागर परियार / मंसिर २६, जुम्ला ।
राष्ट्रपति भण्डारीबाट जुम्लामा एमबिबीएस पढाइको शुभारम्भराष्ट्रपति विद्यादेवी भण्डारीले कर्णाली प्रदेशको बहुप्रतिक्षित शैक्षिक कार्यक्रम एमबिबिएस पढाइको औपचारिक शुभारम्भ गरेकी छन् । राष्ट्रपति भण्डारीले जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा एमबिबीएसलगायतका शैक्षिक कार्यक्रमको शुभारम्भ गरेकी हुन् ।


राष्ट्रपति भण्डारी आज जुम्ला पुगेर शैक्षिक भवनको शिलान्यास र एमबिबिएस कार्यक्रमको उद्घाटन गरिन् । उनले एमबिबीएस, बिपीएच, बिएनएस, बिफार्मा लगायतका शैक्षिक कार्यक्रमको ताम्र पत्रलाई अनावरण गरी शैक्षिक कार्यक्रमको उद्घाटन गरेको  प्रतिष्ठानका रजिस्टार नृपेन्द्र महतले बताए। उनका अनुसार राष्ट्रपतिसँगै उद्घाटन कार्यक्रममा स्वास्थ्य राज्यमन्त्री भवानी प्रसाद खापुङ,कर्णाली प्रदेश प्रमुख तिलक परियार,चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष लगायतका उच्च पदस्थ व्यक्तिहरूको सहभागिता रहेको छ ।

Translate »