काँग्रेस कर्णालीलाई एकढिक्का बनाउँछु : सभापति शाही

स्काई न्यूज /मंसिर १९, सुर्खेत । नेपाली काँग्रेस कर्णाली प्रदेशका नवनिर्वाचित सभापति ललितजंग शाहीले प्रदेशका सबै काँग्रेसजनलाई एकढिक्का बनाएर पार्टीलाई सशक्तरुपमा अघि बढउने उद्घोष गरेका छन् । आईतबार सुर्खेतको वीरेन्द्रनगरमा निर्वाचन परिणाम घोषणा सभालाई सम्बोधन गर्दै उनले निर्वाचन प्रक्रियामा देखापरेका तिक्तता, कटुतालाई हटाएर गुट उपगुट अन्त्य गरी पार्टीलाई सुदृढ बनाउने अठोट गरे । ‘अधिवेशनमा लोकतान्त्रिक सिद्धान्तलाई बचाउन विभिन्न समूहबाट उम्मेद्वारी घोषणा गरेर निर्वाचनमा गएपनि त्यो केही क्षणका लागि मात्र हो,’ उनले भने, ‘अव पार्टी भित्र कुनै पनि गुट छैन ।

काँग्रेस कर्णालीको गति तीव्रत्तररुपमा अघि बढ्छ ।’ उनले काँग्रेस पार्टी लोकतान्त्रिक पद्धतीमा चल्ने पार्टी भएकाले त्यसैलाई आत्मसाथ गर्दै आउने निर्वाचनमा पहिलो पार्टी बनाउने जिकिर गरे । निर्वाचन मण्डलले घोषणा सभामा प्रदेश सभापतिमा ललितजंग शाही, उप–सभापितमा कालिबहादुर सहकारी र सनतकुमार कार्की, महामन्त्रीमा निरञ्जन केसी र कृष्णबहादुर रोकाय, सह–महामन्त्रीमा उपेन्द्रबहादुर थापा, एकराज डाँगी र रामछायाँकुमारी शाही विजयी भएको घोषणा गरेको छ ।

त्यस्तै सदस्यहरुमा उर्मला खत्री भण्डारी, पुष्पा गिरी, बुद्राकुमारी शाही, मिठ्ठु कार्की, रछना मल्ल, सिता मल्ल, अर्जुन महतरा, गौरीनन्द आचार्य, दमनबहादुर शाही, बेगमसिंह ठकुरी, युवराज मल्ल, रत्नबहादुर अधिकारी, रेनु राना, कमलदिप पुन, पदमबहादुर लामा, मैना विक, लक्ष्मी कामी, मनबहादुर नेपाली, मोहन विक, अहिमद बक्स, किशोरबहादुर शाही, दीपा बोहरा, उमा बुढा रावत, सुशीला कुमारी गिरी, गिता शाही, सुशीला बस्नेत खड्का, सम्भु पन्त, विनोद खनाल, लंकबहादुर शाही, नवराज शाही, मन्जन कार्की, कर्णबहादुर रावत, पुष्पकुमार शाही, विनबहादुर सिंह, बलवीर गोसाई, प्रेमबहादुर डाँगी, खगिसरा आचार्य, मुक्ति देवी पुरी (रेग्मी), कल्दर सिंह, कालिप्रसाद भण्डारी, चित्रबहादुर रेग्मी, भक्तिप्रसाद उपाध्याय, मानबहादुर बुढामगर, रिपबहादुर ओली निर्वाचित भएको निर्वाचन मण्डलले जानकारी दिएको हो । प्रदेश कार्य समितिमा संस्थापन देउवा पक्षकै वचश्र्व रहेको छ ।

Translate »