राप्रपा अध्यक्षमा राजेन्द्र लिङदेन विजयी

राजसंस्था बोकेरको पुरस्कार पाइयो : कमल थापा

स्काई न्यूज / मंसिर १९, काठमाडौं ।  राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्षमा राजेन्द्र लिङदेन विजयी भएका छन् । आईतबार बिहान सम्पन्न मतपरिणामबाट थापालाई २ सय मतले हराउँदै लिङ्देन विजयी भएका हुन् ।

लिङदेनले १ हजार ८ सय १७ मत ल्याउँदा कमल थापाले १ हजार ६ सय १७ मत प्राप्त गरेका छन् । लिङदेन राप्रपाबाट निर्वाचित एक मात्र प्रतिनिधिसभा सदस्य हुन् ।

मतगणनामा ४ सय ३१ मत बदर भएको छ । राप्रपाको नयाँ नेतृत्व चयनका लागि शनिबार मतदान भएको थियो भने गएराती मतगणना भएको थियो ।

यता कमल थापाले चुनावमा आफू पराजित भएको स्वीकार गरेका छन् । आइतवार बिहान सकिएको मतगणनामा प्रतिस्पर्धी राजेन्द्र लिङ्देन अध्यक्षमा चुनिएसँगै उनले हार स्वीकार गरेका हुन् ।

सामाजिक सञ्जालमार्फत थापाले हार स्वीकार गर्दै लिङ्देनलाई बधाई तथा शुभकामना दिएका छन् ।

उनले लेखेका छन,’ ‘प्रजातान्त्रिक मूल्य र मान्यता आत्मसात गर्दै राप्रपा अध्यक्ष पदको निर्वाचनमा भएको पराजय सहर्ष स्वीकार गर्दछु । नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङदेनलाई बधाई तथा शुभकामना ।’​

Translate »