कर्णालीका मुख्यमन्त्री शाहीलाई विश्वासको मत प्राप्त

स्काई न्यूज / मंसिर १५, सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले विश्वासको मत पाएका छन् । मुख्यमन्त्रीमा नियुक्त भएको बुधबार २९ औं दिनमा शाहीले प्रदेशसभामा २२ मत प्राप्त गरेर विश्वासको मत लिएका हुन् ।

हाल प्रदेश सभामा रहेको कुल ३५ सदस्य मध्ये मुख्यमन्त्री शाहीको पक्षमा २२ मत प्राप्त भएपछि प्रदेश सभामुख राजबहादुर शाहीले बहुमतले विश्वासको मत प्राप्त भएको घोषणा गरेका थिए ।

सत्ता गठबन्धनमा रहेका नेकपा (माओवादी केन्द्र) का–१२, नेकपा (एकीकृत समाजवादी) का–३, मुख्यमन्त्री शाहीसहित काँग्रेसको–६, एवं राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रदेशसभा सदस्य सोशिला शाहीले समेत मुख्यमन्त्री शाहीलाई समर्थन गरेपछि कुल २२ मत खसेको थियो ।

यो सँगै कर्णाली प्रदेश सभामा चार दलीय गठबन्धन बनेको छ । प्रदेशसभामा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले भने आज अनुपस्थित रहेको थियो ।

Translate »