लायन्स क्लव अफ सिद्धपाईलाद्वारा दृष्टिविहिन छात्रालाई खाद्यन्न सहयोग

स्काई न्यूज / मंसिर ११, सुर्खेत । लायन्स क्लव अफ सुर्खेत सिद्धपाईलाले विपन्न तथा असहाय दृष्टिविहिन छात्राहरुलाई खाद्यन्न सहयोग गरेको छ । क्लवले श्रीकृष्ण संस्कृत तथा साधारण माध्यमिक विद्यालय ईत्राममा अध्ययनरत १९ जना दृष्टिविहिन छात्रालाई एक महिना पुग्ने पिठो, चना, तेल, नून, चिउरा, भुजा, चिनी, चियापत्ती, मरिचलगायतका सामाग्री सहयोग गरेको हो ।

लायन्स क्लव सिद्धपाईलाका अध्यक्ष जानु गैरे सुवेदी, सदस्य गीता ओली, डिस्ट्रीक एक्जकेटिभ चीफ लायन टिकाराम चपाईले उक्त सहयोग सामाग्री विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शिवप्रसाद गौतमलाई हस्तान्तरण गरेका हुन् । क्लवका अध्यक्ष गैरेले लायन्सले समाजका विपन्न तथा आर्थिकरुपले पछाडि परेका नागरिकसँगै विभिन्न संघ संस्थालाई सहयोग गर्दै आईरहेको जानकारी दिईन् ।

उनले आउँदा दिनहरुमा समेत यस्ता सहयोगहरुलाई निरन्तरता दिने प्रतिवद्धता जनाईन् । हस्तान्त्ररण कार्यक्रममा विव्यसका अध्यक्ष विद्यालयको आवासिय छात्राबासमा रहेमा विपन्न तथा असहाय दृष्टिविहिन छात्राहरुका लागि लायन्सले गरेको खाद्यन्न सहयोगलाई धन्यवाद व्यक्त गरे ।

Translate »