बहुविवाह गरेर फरार महिला पक्राउ

स्काई न्यूज / मंसिर ११, सुर्खेत । सुर्खेत प्रहरीले बहुविवाह मुद्धामा फरार प्रतिवादी महिलालाई पक्राउ गरेको छ । जिल्लाको बराहताल गाउँपालिका–१०, की लक्ष्मी सारु मगरलाई प्रहरीले शुक्रबार सदरमुकाम वीरेन्द्रनगरबाट पक्राउ गरेको हो । सुर्खेत जिल्ला अदालतले सारुमगरलाई बहुबिबाह मुद्धामा एक हजार रुपैयाँ नगदसहित १ बर्ष ६ महिना कैद सजाय फैसला गरेको थियो । अदालतको फैसलापछि फरार सारुमगरलाई पक्राउ गरी अदालतमा उपस्थित गराईएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी (डीएसपी) रामप्रसाद घर्तीमगरले जानकारी दिए ।

Translate »