समाज सेवाप्रति थप जिम्मेवारी बढ्यो : पूर्वी सुर्खेतका युवा नेता ठकुरी

स्काई न्यूज / मंसिर ८, सुर्खेत । हालै सम्पन्न नेपाली काँग्रेस सुर्खेत प्रतिनिधि सभा क्षेत्र नम्वर १ बाट युवा प्रेमसिंह ठकुरी क्षेत्रीय कार्य समितिको  सह–सचिव पदमा निर्वाचित भएपछि उत्साहित भएको बताएका छन् । पूर्वी सुर्खेतका प्रसिद्ध समाजसेवी स्वर्गीय हरिबहादुर सिंहका पुत्र प्रेमसिंहले पिताले गरेको समाज सेवाबाट प्रभावित भएर आफुलाई जन सेवकको रुपमा स्थापित गर्न उत्साहित बनाएको बताएका हुन् । नेपाली काँग्रेसका महामन्त्री विकासप्रेमी नेता पूर्णबहादुर खड्काले स्थापित गरेको मार्ग निर्देशनलाई आत्मसाथ गर्दे आफु निरन्तर समाज सेवामा अघि बढ्ने उनको भनाई छ ।

उनले पार्टी, समाज र राष्ट्रका लागि जन सेवकको रुपमा स्थापित गर्न आफु निरन्तर प्रयासरत रहने बताए । ‘जनताले आफुसँग धेरै ठूला अपेक्षा नगरेपनि साना–साना सहयोगले उनीहरुको दुःख सुखमा मलहम लगाउने काम गर्दो रहेछ,’ उनले भने, ‘सानो सहयोगको उपजले नै जन सेवकको रुपमा अघि बढ्न आफुलाई उत्साहित बनाएको छ ।’ उनले सह–सचिवमा निर्वाचित भएपछि नेपाली काग्रेस पार्टीले आफुलाई विश्वास गरेर दिएको जिम्मेवारीलाई सफलतापूर्वक पुरा गर्न थप प्रेरणा बढेको जिकिर गरे ।

नयाँ पुस्ताको अपेक्षा अनुसार  समाज तथा राष्ट्रको उत्थानका लागि केही गरेर देखाउने जवाफदेहिता झनै बढेको उनको भनाइ थियो । उनले यसलाई ठूलै उपलब्धी भन्दापनि समाज सेवा गर्नका लागि नयाँ आयाम थपिएको बताए । उनका अनुसार अब आउँदो समय जन अपेक्षा अनुसार समाज तथा राष्ट्र रुपान्तरणका लागि आफ्नो अधिकतम् शक्ति र सामाथ्र्यमा खर्चिने छु ।

Translate »