मेरुदण्ड अपाङगता भएकालाई मेडिकल सामाग्री वितरण

स्काई न्यूज /मंसिर ६, सुर्खेत । मेरुदण्ड पक्षघात समूह नेपालले कर्णालीका मेरुदण्ड पक्षघात भई अपाङगता भएका व्यक्तिहरुलाई निःशुल्क मेडिकल सामाग्री वितरण गरेको छ । समूहले महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको आर्थिक सहयोग एवं कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयको समन्वयमा सोमबार सुर्खेतको वीरेन्द्रनगरमा एक कार्यक्रमको आयोजना गरि कर्णालीका ११ जना मेरुदण्ड पक्षघात भई अपाङगता भएका व्यक्तिहरुलाई दैनिक अत्यावश्यक मेडिकल सामाग्री निःशुल्क वितरण गरेको हो ।

मेडिकल सामाग्री वितरण गर्दै कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयका उपसचिव विष्णुप्रसाद अधिकारीले मेरुदण्ड पक्षघात भई अपाङगता भएका व्यक्तिहरुको समस्यालाई मध्यनजर गर्दै प्रदेश सरकारले आउँदा दिनहरु सहुलियतपूर्ण कार्यक्रम ल्याउने योजनालाई प्राथमिकतामा राखेको जानकारी दिए । उनले काठमाडौंबाट आएर समूहले कर्णालीका मेरुदण्ड पक्षघात भई अपाङगता भएका व्यक्तिहरुलाई निःशुल्क मेडिकल सामाग्री वितरण गरेकोमा धन्यवाद व्यक्त गरे ।

कार्यक्रममा मेरुदण्ड पक्षघात समूह नेपालका केन्द्रीय अध्यक्ष ऋषिराम ढकालले कर्णालीका हाल संगठित ११ जनालाई १ वर्षसम्म पुग्ने गरि पाँच प्रकारका मेडिकल सामाग्री वितरण गरिएको बताए । उनले अपाङगता भित्रपनि मेरुदण्ड पक्षघात भई अपाङगता भएकाहरुको अवस्था अन्यको भन्दा भिन्न र जटिल खालको हुने भएकाले तीनै तहका सरकारले विशेष सहयोग गर्नुपर्नेमा जोड दिए ।

Translate »