ट्राफिकलाई घुस दिने ट्रक चालक पक्राउ

स्काई न्यूज /मंसिर १, सुर्खेत । ट्राफिक प्रहरीलाई पचास रुपैयाँ घुस दिने ट्रक ड्राइभरलाई संयुक्त अनुगमन टोलीले पक्राउ गरेको छ । यातायात व्यवस्था कार्यालय सुर्खेतको नेतृत्वमा गरिएको संयुक्त अनुगमन टोलीले वीरेन्द्रनगरको सुब्बाकुना चेकपोष्टमा सवारी साधन चेकजाँच गर्ने क्रममा ट्राफिक प्रहरीलाई घुस दिने प्रदेश–२–०३००१ख–३२४२ नम्वरको ट्रकका चालक वकील बुढालाई पक्राउ गरेको हो ।

कागजपत्र नभएको ट्रकलाई छाड्न भन्दै चालकले ट्राफिक प्रहरीलाई पचास रुपैयाँ घुस दिएपछि संयुक्त अनुगमन टोलीले एक घण्टा नियन्त्रणमा लिएको थियो । अब यस्तो गल्ती नदोह¥याउने शर्तसहितको कागज गरेपछि ३ हजार रुपैयाँ जरिवाना गराएर चालक र ट्रकलाई छोडिएको यातायात व्यवस्थापन कार्यालय सुर्खेतका प्रमुख आनन्द चपाइले जानकारी दिए ।

Translate »