सौर्य ऊर्जा उत्पादन गर्दै गुठीचौर

जुम्ला । जुम्लाको गुठीचौर गाउँपालिकाले सौर्य ऊर्जाबाट विद्युतीकरण गर्ने भएको छ । वडा नं २ स्थित मुरुली गाउँमा सौर्य ऊर्जा उत्पादन गर्न थालिएको गाउँपालिकाका अध्यक्ष हरिबहादुर भण्डारीले बताए ।

‘वडाभित्र रहेका झण्डै दुई सय घरधुरीलाई बिजुलीको पहुँचमा ल्याउन सौर्य ऊर्जा उत्पादन गर्न थालिएको हो,’ उनले भने । अन्धकारमा बस्न बाध्य यहाँका स्थानीयवासीलै सौर्य ऊर्जाको बत्ती पाउने भएका छन् । यससँगै सल्लाको दियालो बालेर उज्यालो गर्ने युगको अन्त्य हुनेछ ।

कुनै पनि घर बिजुलीविहीन हुने छैनन् । सबै घरधुरीमा बिजुली पु¥याउन स्थानीय सरकार लागिपरेको छ । गाउँगाउँमा सडक, घरघरमा बिजुली, एक घर एक धाराको अवधारणा साकार पार्न लागिएकोे अध्यक्ष भण्डारीले बताए ।

सौर्य ऊर्जाका लागि तीन करोड ५६ लाख विनियोजन गरिएको र यसबाट ५० वाटको बिजुली बत्ती बालिनेछ । गाउँपालिकाका कुनै पनि बस्ती बिजुलीविहीन नहुने प्रमुख प्रशासकीय अधिकृत देवकोटाले बताए । वर्षौंदेखिको बिजुली बाल्ने सपना पूरा हुने भएको छ । बिजुली नहुँदा विद्यार्थी र ज्येष्ठ नागरिकलाई सास्ती हुने गरेको थियो । (आर्थिक अभियान)

Translate »