‘समृद्धिका लागि राजासहितको लोकतन्त्र आवश्यक’

No description available.
स्काई न्यूज / कार्तिक २८, सु्र्खेत ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्व उपाध्यक्ष विक्रम पाण्डेले देशमा शान्ति र समृद्धीका लागि राजासहितको लोकतन्त्र आवश्यक रहेको बताएका छन् । सुर्खेतको वीरेन्द्रनगरमा आइतबार राप्रपा कर्णाली प्रदेश समितिको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै उनले मूल्यहिन राजनीतिबाट आम नागरिकले दुःख भोग्नु परिरहेकाले समृद्धिका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी मात्र एक विकल्प रहेको जिकिर गरे । देशले भोग्नु परिरहेका विभिन्न समस्यालाई आत्मसात गर्दै अहिले राष्ट्रिय प्रजातन्त्र पार्टी देशव्यापी संगठन निर्माणमा जुटेको उनको भनाइ थियो ।

No description available.

कार्यक्रममा पूर्व मन्त्री एवं राप्रपा नेत्री कुन्ती शाहीले आम नागरिकले दैनिक भोग्नु परिरहेका समस्याप्रति सरकारले ध्यान पु¥याउन नसक्दा देशमा महँगी, गरिवी, बेरोजगारी, हत्या हिन्सा जस्ता घटनाहरुले प्रश्रय पाईरहेको बताईन् । उनले आम नागरिकका मुद्धालाई राष्ट्रिय प्रजातन्त्र पार्टी बोकेर समस्या समाधानका लागि जुट्न नेता, कार्यकर्तालाई आग्रह गरिन् ।

https://scontent.fktm1-1.fna.fbcdn.net/v/t1.15752-9/255667951_2029073357273267_7164508196594232930_n.png?_nc_cat=102&ccb=1-5&_nc_sid=ae9488&_nc_ohc=SnpWDfVrZvkAX9OSe_r&_nc_ht=scontent.fktm1-1.fna&oh=4267aed022ca54d9d7a69510462420be&oe=61B71E5C

कार्यक्रममा राप्रपाका अर्का नेता मुकुन्दश्याम गिरीले आम नागरिकका समस्या समाधानका लागि संगठनलाई बलियो र एकताबद्ध बनाउन आवश्यक रहेको औल्याए । राप्रपा प्रदेश समितिको प्रथम अधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि कर्णालीका दश वटै जिल्लाबाट प्रतिनिधि सुर्खेत आईपुगेको प्रचारप्रसार विभागका सदस्य प्रेम विसीले बताए ।

Translate »