वीरेन्द्रनगरमा अटो रिक्सा दुर्घटना हुँदा एक महिलाको मृत्यु, दुई घाइते

स्काई न्यूज /कार्तिक २७, सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा अटो रिक्सा दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ । सुर्खेत–जुम्ला सडकको बाङ्गेसीमलदेखि गिरीघाटतर्फ जाँदै गरेको भे१ह–८४४, नम्वरको अटो रिक्सा आज आफै अनियन्त्रित भएर सडकको कलभर्टमा ठोकिएर दुर्घटना हुँदा वीरेन्द्रनगर–१, की ४४ वर्षीया जमरा शाहीको उपचारका क्रममा मृत्यु भएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

अटो रिक्सा दुर्घटनामा परी घाईते भएकी जमराको कर्णाली केयर अस्पतालमा उपचारको क्रममा मृत्यु भएपछि पोष्ट मार्टमका लागि कर्णाली प्रदेश अस्पताल कालागाँउ पठाईएको कर्णाली प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी उपरीक्षक (एसपी) माधवप्रसाद श्रेष्ठले जानकारी दिए ।

उनले जमरासँगै अटो रिक्सामा सवार लक्ष्मीबहादुर शाही र जगत शाही सामान्य घाईते भएको बताए । उनका अनुसार अटो रिक्सा चालक रमेश शाहीलाई नियन्त्रणमा लिएर दुर्घटनाको कारण बारे थप अनुसन्धान शुरु गरिएको छ ।

Translate »