प्रदेश नं १, कर्णाली र सुदूरपश्चिमका प्रदेशका लागि प्रदेश प्रमुख नियुक्त

कात्तिक २३, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलवार प्रदेश नं १, कर्णाली र सुदूरपश्चिमका प्रदेशको प्रदेश प्रमुखमा नियुक्त गर्नुभएको छ ।

मन्त्रिपरिषद्  सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश नं १ को प्रदेश प्रमुखमा परशुराम खापुङ, कर्णाली प्रदेशको प्रदेश प्रमुखमा तिलक परियार र सुदूरपश्‍चिम प्रदेशको प्रदेश प्रमुखमा देवराज जोशीलाई नियुक्त गर्नुभएको हो ।

यसअघि राष्ट्रपति भण्डारीले  प्रदेश नं १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी, कर्णालीका प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनी र सुदूपश्चिम प्रदेशका प्रदेश प्रमुख गंगाप्रसाद यादवलाई पदमुक्त गर्नुभएको थियो । सोमवार बसेको मन्त्रिपरिषद् बैठकले उनीहरुलाई पदमुक्त गर्ने निर्णय गरेको थियो ।

Translate »