बसको छतबाट खसेर एकको मृत्यु

 

दीपक शर्मा/ सल्यान । सल्यानमा बसको छतबाट खसेर एक जनाको मृत्यु भएको छ ।

जिल्लाको शारदा नगरपालिका – १ श्रीनगरबाट सिद्ध कुमाख गाउँपालिकाको छापडाँडा जाँदै गरेको ना ५ ख २७९३ नम्बरको बसको छतबाट खसेर सिद्ध कुमाख गाउँपालिका –३ फलाटेका ३० वर्षीय रवीन्द्र बोहराको मृत्यु भएको हो । बिहीबार साँझ बसको छतबाट सामान निकाल्ने क्रममा बोहरा खसेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

बसको छतबाट खसेर घाइते भएका उनको श्रीनगरमा सामान्य उपचार पछि थप उपचारका क्रममा राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा राति ११ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी अर्जुन पौडेलले जानकारी दिए ।

बस र चालक दुवैलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

Translate »