मंगलवार तोलामा २०० रुपैयाँले बढ्यो सुनको मूल्य

कात्तिक १६, काठमाडौं । नेपाली बजारमा मंगलवार सुनको मूल्य बढेको छ । स्थानीय बजारमा अघिल्लो कारोबार दिन अर्थात् सोमवार रू. १०० ले बढेको सुनको भाउ मंगलवार रू. २०० ले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलवार छापावाला सुन प्रतितोला रू.९२ हजारमा कारोबार भएको छ । सोमवार छापावाला सुनको मूल्य प्रतितोला रू. ९१ हजार ८०० मा कारोबार भएको थियो । सोमवारको तुलनामा मंगलवार छापावाला सुन प्रतितोला रू.२०० ले बढेको हो ।

त्यसैगरी, तेजाबी सुन प्रतितोला रू.९१ हजार ५०० मा कारोबार भएको छ । सोमवार तेजाबी सुन प्रतितोला रू.९१ हजार ३०० मा कारोबार भएको थियो ।
यस्तै, मंगलवार चाँदीको मूल्य पनि बढेको छ । सोमवार प्रतितोला रू. १ हजार २४५ मा कारोबार भएको चाँदी मंगलवार रू. ५ ले बढेर रू.१ हजार २५० मा किनबेच भइरहेको छ ।

 

Translate »