कोहलपुरमा चितुवाको छाला र हड्डीसहित तीन जना पक्राउ

स्काई न्यूज / कार्तिक १३, सुर्खेत ।  कोहलपुर प्रहरीले चितुवाको छाला र हड्डीसहित तीन जना पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय कोहलपुर बाँकेले कोहलपुर नगरपालिका–११, स्थित सागर गेष्ट हाउसबाट चितुवाको छाला र हड्डीसहित सुर्खेतको पञ्चपुरी नगरपालिका–७, का २४ वर्षीय रमेश बयक र २८ वर्षीय बसन्त विसीसँगै बाँके राप्तीसोनारी गाउँपालिका–९, का ३५ वर्षीय हिरासिंह विकलाई पक्राउ गरेको हो ।

चितुवाको छाला बेचबिखन र ओसार पसार भैरहेको भन्ने सूचनाको आधारमा उनीहरुलाई पक्राउ गरी थप अनुसन्धान शुरु गरिएको ईप्रका कोहलपुरका प्रमुख (डीएसपी) रविन्द्र खनालले जानकारी दिए । उनले पक्राउ परेका साथबाट चितुवाको छाला १ थानसँगै १ किलो ४ सय ग्राम हड्डी बरामद भएको बतााए ।

Translate »